असोज १७ मा नेपालमा चमत्कारिक र ऐतिहासिक काम भयो । असोज १६ गते समाचार आयो, जसमा एमाले र माओवादीबीच देशभर चुनावी तालमेल हुने र पार्टी एकिकरणकोे थालनीको घोषणा हुने । नभन्दै १७ गते ४ बजे राष्ट्रिय सभागृहमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई समेत एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमतिमा हस्ताक्षर गुर्नभयो । 

यसले नेपालको राजनीतिमा एउटा बेग्लै हलचल पैदा गरेको छ । यो तालमेलपछि नेपाली कांग्रेसभित्र एक प्रकारको छटपहाट देखाप¥यो । अहिले वास्तविक वाम तालमेल र काँग्रेस नेतृत्वमा अर्को ‘अप्राकृतिक’ गठबन्धनको कुरा चलिरहेको छ । एमालेको नेतृत्वमा भएको वाम तालमेलले एउटा आकार ग्रहण गरेको छ (यद्यपी बाबुरामको नयाँ शक्ति पार्टी गठवन्धनबाट अलग्गिएको छ ) । दुई वामपन्थी पार्टीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागी देशव्यापी तालमेलकासाथ ६०÷४० को अनुपातमा उम्मेद्वार उठाइएको छ । तर नेपाली कांग्रेसको नेतृत्वमा भएको भनिएको तथाकथित लोकतान्त्रिक तालमेल हल्लामा मात्र सिमित भएको छ । नेपालीे कांग्रेसले देशभरीमा केही पार्टीलाई दान दिए जस्तो गरि उम्मेद्वारको सिट बाँडेको छ । 

यसरी यो चुनावमा केही पार्टीले कांग्रेसबाट उम्मेद्वार दानमा लिएका छन् । त्यस वापत उनीहरुले कांग्रेसलाई देशभर आफ्नो सर्वस्व दिनुपर्ने वा भोट हाल्नु पर्ने भएको छ । अर्थात कांग्रेसले यो तालमेललाई आफ्नो चुनावी रणनीतिको रुपमा उपयोग गरेको छ । वाम तालमेलको तुलनामा कांग्रेस गठवन्धन कमजोर भएको छ । त्यसपछि कांग्रेस बिभिन्न षडयन्त्रका तानाबाना वुन्न व्यस्त देखिन्छ । केही अगाडी चुनाव सार्ने कुरा आयो । त्यो सम्भव नभएपछि निर्वाचन आचार संहिता बिपरित राप्रपाका ८ जना मन्त्री थपेर ईतिहासमै सबैभन्दा ठुलो मन्त्रिपरिषद् बनाइएको छ । यसलाई निर्वाचन आयोगले आचारसंहिता बिपरित भनेको छ । यसको सर्वत्र निन्दा भएको छ । 

नेपालमा वामपन्थी एक हुने कुरा नेपाली जनताको लागि अत्यन्तै खुसिको कुरा हो । यसले मुलुकको राजनीतिलाई स्थिरता, विकाश र समृद्धिको ढोका खोल्ने दिशातिर लैजानेछ । तर यस गठवन्धनलाई नेपालका पूँजिवादीहरुले भयावहरुपमा चित्रित गर्दै भनिरहेका छन्–‘कम्युनिष्टहरु एक भएर नेपालको संबिधानको मुल मर्ममाथि नै प्रहार भएको छ । नेपालका कम्युनिष्टहरु राणा शासनभन्दा पनि निरंकुश र अधिनायकवादी शासन ल्याउन खोज्दै छन्’ । यस्ता अभिव्यक्तिले पूँजीवादीहरु आत्तिएका छन् र बिछिप्त मनस्थितीमा पुगेका छन भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अहिले वाम तालमेलमा आएका मुख्य शक्तिमध्ये नेकपा माओवादी केन्द्र ०५१ सालको जनयुद्ध हुंदै शान्तिप्रकृया मार्फत अहिलेको अवस्था सम्म आईपुगेको छ । यद्धपी जनयुद्व कत्तिको समय सापेक्ष र सही कदम थियो, त्यसको  भविश्यमा समिक्षा वा मुल्यांकन हुने नै छ  । तर बिस्तृत शान्तिप्रकृया मार्फत राजनीतिको मूलधारमा आएको र बिभिन्न समयमा बिभिन्न पार्टीसँग मिलेर सरकारको नेतृत्व समेत गर्दै यो प्रजातान्त्रिक अभ्यासमा सामेल भएको लामै समय भयो । अहिलेको नेपालको संविधान निर्माणमा उसको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको कुरा सबै नेपाली जनता सामु छर्लङ्गै छ । अहिले पनि नेपाली कांग्रेससँग सरकारमा सामेल भइरहेकै छ । 

अर्को तिर एमाले निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्धमा लामो संघर्ष गरेको वामपन्थी तथा प्रजातान्त्रिक शक्ति हो । यसले निरंकुशताको विरुद्धमा एकपटक हतियार उठाएको ईतिहास छ, जुन ईतिहास नेपाली कांग्रेसको पनि छ । २०३६÷०३७ सालको युवा बिद्यार्थीको आन्दोलन, ०४६ सालको संयुक्त जनआन्दोलन, ०६२÷०६३ को संयुक्त जनआन्दोलनमा नेपाली कांग्रेसलाई समेत साथ लिएर एमालेले नेतृत्वदायी भूमिका खेलेको होईन र ? एमालेले शान्तिप्रकृयामा अनि संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिकाको बारेमा आम नेपाली जनतासँग सोधे पुग्छ, कसैले वा कुनै दलका नेताले भनिरहनु पर्दैन । यस सन्दर्भमा हामीले यहाँ ०४८ सालमा नेपाली कांग्रेसले जनताको बीचमा कस्ता–कस्ता भ्रम फिजाएको थियो स्मरण गर्दा मात्रै पुग्ला । अहिले पनि त्यस्तै भ्रम फिजाएर सत्तामा पुग्न सकिन्छ की भन्ने भ्रम पाल्नु कति सान्दर्भिक छ ? नेपाली जनताले सबैका शासन सत्ता हेरिसकेका छन् । 

नेपाली कांग्रेसको शासन संचालन न कतै लोकतन्त्र र प्रजातन्त्रको प्रत्याभूति हुने खालको थियो, न त विकाश र सम्बृिद्धका नयाँ र सृजनात्मक कार्यक्रमकासाथ जनतालाई राहात महसुस गराउने खालको । जव जव नेपाली कांग्रेसको हातमा शासन सत्ता गयो, त्यसै बेला रुकुम रोल्पा लगायत देशभरी नै विपक्षीमाथि दमन चलाएर राज्य आतंक मच्चाइयो । त्यो हामीले स्मरण गराइरहनु पर्ला र ? त्यसैले वामपन्थीहरु एक ठाँउमा आउने बित्तिकै कम्युनिष्टहरुले निरंकुश र अधिनायकवादी शासन ल्याउन खोज्दैछन, संविधानको मूल मर्ममाथि नै प्रहार हुन लाग्यो भनेर अरुले भनेको भए हामीले बुझाउनु पथ्र्यो होला । तर नेपाली कांग्रेसले नै भनिरहँदा चाँही नेपाली जनतालाई हामीले बुझाई रहनु नपर्ला । बरु हामीहरुले अहिले नेपालका वामपन्थी शक्तिहरुबीचको तालमेल र पूँजीवादीहरुले चलाएको हल्ला र उनीहरुको रोदनबाट निम्न निष्कर्ष निकाल्न सक्छौं ।

पहिलो,
नेपालमा छरिएर रहेको वामपन्थीहरुको शक्तिलाई एकिकृत गर्नु अनिवार्य थियो । ठूलो वामपन्थी दल भएको हैसियतले एमालेको नेतृत्वमा उक्त ऐतिहासिक अभिभारा पुरा गर्नुपर्ने थियो । त्यो कामको थालनी भएको छ । आगामी प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनमा गरिएको चुनावी तालमेल वा गठवन्धन सफल भएमा उक्त अभिभाराको पहिलो खुड्किलो पुरा हुनेछ । त्यसैले सचेतनतापूर्वक सबै सम्बद्ध पक्षले यो वाम गठवन्धनका उम्मेद्वारहरुलाई जिताउनै पर्छ । त्यसो भएमा नेपालमा वामपन्थीहरुको नेतृत्वमा स्थिर सरकार बन्नेछ र मुलुकमा बिकास र सम्बृद्धिको ढोका एकैसाथ खोल्ने छ ।

दोश्रो
नेपालमा अहिले चुनावी तालमेल हुँदै भविश्यमा पार्टी एकिकरण भइसकेपछि मुलुकमा तिब्र राजनीतिक ध्रुबिकरण हुनेछ । यो नेपालको अहिलेको आवश्यकता बनेको छ । करिव ६५ प्रतिशत वामपन्थी मतदाता भएको हाम्रो देशमा पुूँजिवादीहरुको आकार घट्दै जाने र वामपन्थीहरुको आकार बड्दै जाने प्रवल सम्भावना रहेको छ ।

वामपन्थीहरुले आफ्नो पुरानो फुटको ईतिहास दोहो¥याउनु हुन्न र आफ्नो लक्ष्य अनुसारका काम गर्दै शासन संचालन गर्नुपर्ने छ, त्यस्तो शासन प्रजातान्त्रिक, लोककल्याणकारी र क्रान्तिकारी परिवर्तन उन्मुख  हुनेछ । त्यसो हुँदा वामपन्थीहरुले राज्य संचालन गर्ने बातावरण तयार हुनेछ र देशको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था कायापलट हुनेछ ।

त्यसैगरी
यो वाम गठवन्धनले मधेश आन्दोलनको रुपमा आएको विखण्डनबादी शक्तिलाई पनि कमजोर बनाउने काममा महत्वपूर्ण भूमिका खेल्नेछ र यो अपरिहार्य बनेको छ ।