बारा २९ भदौ – बारा जिल्लामा बर्षे धानको अवस्था निकै राम्रो र सुधारउनमुख रहेको जिलला कृषि बिकास एकाई कार्यालय कलैयाले जानाएको छ । 
बारा जिल्लामा यस बर्ष कृषकहरुले कुल ५२ हजार ६ सय हेक्कटर क्षेत्रफलमा बर्षे धान भदैया, अगहनी, खेति गरिरहेका छन् । 

जिल्ला कृषि बिकास एकाई कलैयाका अनुशार जिल्लाको १२ हजार ६ सय हेक्कटरमा भदैया धान र ४० हजार हेक्कटरमा अगहनी धान किसानहरुले लगाएका छन् । 
यस बर्ष समय समयमा पानी परेको कारण धानवाली राम्रो भएको भएपनि समयमा यूरिया मलको अभाव भएको हुदा किसानहरु निकै चिन्तित भएका छन् ।
 बर्षे धानखेतिमा प्रति हेक्कटर १ सय ९१ केजीको दरल १ करोड ४६ लाख हजार ६ सय केजि यूरिया आवश्यकता पर्ने भएपनि सो परिपुर्ति हुन नसकिरहेको बताईन्छ । 

किसानको आवश्यकता अनुसारको यूरिया मल परिपुर्तीका लागि पहल भईरहेको र चाडै उपलब्ध हुने कृषि बिकास कार्यालयले जनाएको छ ।