धुर्मुस सुन्तली सम्मानित


Monday, 9 Jan, 2017 12:16 PM

बर्दिवास, २५ पुस –    हास्य कलाकारद्वय धुर्मुस,सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे० महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । 

 

बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुट्नु भएका हास्यकलाकारद्वय लाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो । 

 

कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गर्नुभएको थियो । 

 

मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागि गरेका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि थालेको प्रयत्नको कदरको सम्मान गर्दै सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए। सामाजिक सेवाको क्षेत्रमा क्रियाशील यो जोडीलाई बर्दिवास नपाले मायाको चिनो पनि प्रदान गरेको थियो । 

 

धुर्मुस–सुन्तली आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हास्य कलाकारकै अर्को जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य९मह जोडी०ले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 

 

हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गर्नुभएको बर्दिवासबासी बताउँछन् । चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झर्नुभएका धुर्मुस सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए । 

 

“हामी तपाइँहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन” धुर्मुसले भने –, “हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।” उनले भने एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाएको आत्मियता र सहयोगले आफूहरुलाई थप ऊर्जा मिलेको छ । 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top