काठमाडौं – धन कमाउन विदेशी भूमिमा रोजगारीमा जानेहरुको संख्या दैनिक बढेको छ । आफ्नो परिवार पाल्न र सुखी जीवनको सपनामा विदेशी भूमिमा पसिना बगाइरहँदा कतिपयको उतै ज्यान जाने गरेको छ भने कतिको परिवारै समेत उजाडिने गरेको छ । 

दिनेश घिमिरे

काभ्रे डाँडापारीका ३५ बर्षिय तामाङ थरका एक युवक वैदेशिक रोजगारको शिलशिलामा मलेसिया पुगे ।  विवाहको केही समयमै सुनौलो सपना बोकेर मलेसियाको जोरवारुमा पुगेका तामाङले दुई बर्षसम्म दुःख गरेर श्रीमतीलाई रकम पठाए । दैनिकजसो फोनमा कुराकानी हुने गरेकी तामाङकी श्रीमतीले उनले पठाएको रकमसहित भागेर अर्कैसँग घरजम गरिन । परिवार पाल्नकै लागि विदेशी भूमिमा पुगेका नेपालीहरुको पिंडा कम्ता छैन । परिवारको सुखका लागि विदेशमा पसिना बगाउनेहरुले यता आफ्नै श्रीमती अरुले भगाएको सुइको समेत पाउदैनन् । ‘जस्को लागि दुःख गरें, आज उसैले दुःख दिई’ उनले भने । 

तामाङ एक प्रतिनीधि पात्र मात्र हुन् । वैदेशिक रोजगारमा गएका सयौं यूवाहरुको अवस्था तामाङको भन्दा भिन्न छैन । त्यसो त कतिपय अवस्थामा वैदेशिक रोजगारमा गएका यूवकहरुका श्रीमतीहरुलाई गाउँमा अनावश्यक र झुटा आरोप समेत लाग्ने गरेका छन् । झुटा आरोप लागेकै भरमा कतिपय यूवतीहरुले आत्महत्यासम्म गरेका समाचार पनि आएका छन् ।  

खोटाङ महादेवस्थानकी नानु परियार(नाम परिर्वतन)ले  पैसा कमाउन मलेसिया गएका श्रीमान १० बर्षसम्म  सम्पर्कविहिन बनेको तनाव र समाजमा लागेको बात सहन नसकि आफ्नै घरको शौचालयमा विष सेवन गरेर आत्माहत्या गरिन् ।

परियार जस्तै अनावश्यक र झुटा आरोपको शिकारमा कयौं महिलाहरुको घर परिवार विग्रिएपनि हालसम्म त्यसको लेखाजोखा हुँदैन । कतिपय घटनाहरु त बाहिर नै आउँदैनन् । 

पर्वत जिल्ला अस्पतालकोे एक तथ्यांक अनुसार, २९ प्रतिशत श्रीमान विदेश गएका श्रीमतीहरु अस्थायी साधन प्रयोग गर्ने गर्छन । यो तथ्यांक रेकर्डमा मात्र आएको तथ्यांक हो । लुकीछिपी हुने यौन सम्बन्ध सार्वजनिक हुँदैनन । यसले नेपाली समाजको अर्को पाटो उजागर गर्छ । 

श्रीमान कतारमा रहेकै समय नेपालकी एक महिलाले विष सेवन गरिन् । स्थानीयका अनुसार, श्रीमानसँग उनको बेलाबेलामा फोनमा नै झगडा हुने गर्दथ्यो । श्रीमान विदेशमा रहेको बेला बात लगाउने र कुरा काट्नेको हद नाघेपछि एक महिलाले हाम फालेर जीवनलीला समाप्त गरिन् । परिवार सम्हाल्ने जिम्मा लिएर बसेका महिला आफन्तकै आक्षेपका कारण समेत  मृत्यु रोज्न बाध्य छन् ।

रेमिट्यान्सका कारण मुलुकको अर्थब्यबस्था टिकिरहेको भन्दै काठमाडौंका तारे होटलहरुमा वहस भइरहँदा त्यही रेमिट्यान्स आर्जन गर्न परदेशी भूमिमा गएका करिव एक हजार नेपालीले वर्षेनी विदेशी भूमिमा ज्यान समेत गुमाउने गरेका छन् । 

पर्याप्त तालिम÷सीप र सुरक्षाको ग्यारेन्टीविनै बैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली कामदार मृत्युकुण्डमा होमिन बाध्य छन् । तथ्याङ्कअनुसार औषतमा दैनिक तीनवटा बाकस विदेशबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने गर्दछन् । सन् २०१५ मात्रै १ हजारभन्दा बढी नेपाली कामदारको विदेशमै मृत्यु भएको पाइएको थियो । यो क्रम रोकिनेभन्दा पनि अझै भयावह बढ्दैछ ।  

वैदेशिक रोजगारीमा जानेहरुको मृत्यु विभिन्न कारणले हुने गरेको छ । अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । केहीको हत्या भएको छ भने केहीले आत्महत्या गरेको पाइएको छ । धेरै नेपालीहरुको हृदयघातका कारणले निधन हुने गरेको छ । केहीको प्राकृतिक मृत्यु समेत भएको छ ।

जतिसुकै समस्याभएपनि वैदेशिक रोजगारमा जानेको संख्या दिनप्रतिदिन बढ्दो छ । वैैदेशिक रोजगारीमा नेपाली नागरिकहरुको प्रवेश १९ औं शताव्दीको पहिलो दशकसँग जोडिन्छ । खासगरी सन् १८१४—१५ को नेपाल—ब्रिटिस इन्डिया युद्धपछि यो प्रकृया प्रारम्भ भएको थियो । युद्धपछि ४,६५० युवाहरुलाई व्रिटिस सशस्त्र बल ९ब्रिटिस गोर्खा रेजिमेन्ट० मा छनोट गरिएसँगै नेपालीहरुको वैदेशिक रोजगारको यात्रा सुरुभएको देखिन्छ । त्यसैगरि, सन् १८५० तीर दार्जिलिङका चिया बगान र आसामका जंगलमा रोजगारीका लागि नेपाली दाजुभाइ दिदीबहिनी जानेक्रम सुरुभएको देखिन्छ । खाडी मुलुकमा रोजगारिका लागि नेपाली युवाहरुको प्रवेश खासगरि सन् १९७० तिरबाट सुरुभएको हो । 

जतिबेला खाडी राष्ट्रहरुमा तेलको व्यापार चुलिंदै थियो । त्यतिबेलादेखि सुरुभएको खाडी राष्ट्रहरुको रोजगारी आकर्षण अझै घटेको छैन । खासगरी साउदी र कतारको पूर्वाधार विकास र समृद्धिमा नेपाली दाजुभाइहरुको श्रम र पसिना धेरै परेको छ । त्यहाँ नेपाली आप्रवासी कामदारहरुको धेरै ठूलो उपस्थिति छ, त्यसबाहेक यूएई।, कुवेत, बहराइन, साइप्रस, ओमन र लेवनान समेतमा नेपाली दाजुभाइ दिदीबहिनीहरु रोजगारीका लागि पुग्ने गरेका छन्  । विदेशमा रोजगारीमा पुगेका महिला कामदारमाथि हुने शारीरिक एवं यौन हिंसा र शोषणको घटनाको समाचार पनि बेला बेलामा आइनै रहेको छ । 

आज केवल कतार, साउदी, मलेशिया, भारत मात्र होइन यूरोप, अमेरिका र मेक्सिकोसम्म नेपाली युवाहरु रोजगारीका लागि भौतारीरहेको अवस्था छ । त्यसमध्ये कैयाँै हजार नोपालीहरु दलालहरुको फन्दामा परेर अलपत्र समेत परेका छन् । पछिल्ला दिनहरुमा त्यस्तो रोजगारी—खासगरि पश्चिमी देशतर्फको रोजगारी त्यहाँको कडा आप्रवासन नीतिका कारणले सीमित हुदै गएपछि अवैध तरिकाले ती देशहरुमा नेपाली युवा—यूवतीहरुलाई पु¥याउने मानवतस्करहरुको अवैध जालो पनि उत्तिकै बढीरहेको छ । सुनौलो सपना बोकेर बैदेशिक रोजगारीमा पुग्नेहरुको कतिपयलाई ठिकै होला कतिपयलाई चाँँहि भने दुदर्शा बनिरहेको स्पष्ट छ ।