फेसबुकका 'महान आत्मा'लाई दिपकराज गिरीको यस्तो जवाफ !


Friday, 28 Oct, 2016 10:51 AM

 

काठमाडौं, १२ कात्तिक–सामाजिक सञ्जाल फेसबुकमा कलाकार दिपकराज गिरीलाई केहि व्यक्तिले दिएको सुझावको जवाफ गिरीले फेसबुक मार्फत नै दिएका छन् । शुक्रबार विहान उनले लामो स्टाटस लेख्दै फेसबुकका 'महान आत्मा'लाई समर्पण गरेका छन् ।

 
उनलाई केहि व्यक्तिले फिल्म बनाएर पैसा कमाउनुको सट्टा धुर्मुस–सुन्तलीले जस्तो सामाजिक काम गर्न सल्लाह दिएका रहेछन् । आफुलाई फलानाले जस्तो गर, यस्तो गर, त्यस्तो नगर भनेर पटक–पटक सिकाउनेलाई उनले संयुक्त जवाफ यसरी लेखेका छन् ।

‘कस्ले भन्यो चलचित्र पैसा कमाउन बनाइन्छ ? एउटा चलचित्र बनाउँदा ९० प्रतिशत डुब्ने सम्भावना हुन्छ, केवल १० प्रतिशत चलचित्र मात्र सफल हुन्छन् ।  नेपालमा एक करोडको लगानी गरेर एउटा स्तरीय रेष्टुरेन्ट खोल्ने हो भने जिन्दगीभरलाई कमाउने बाटो हुन्थ्यो, तर हामीले चलचित्र बनाएर जोखिम उठायौं ।’ 

चलचित्र बनाउनु, समाजको यथार्थलाई पर्दामा उतार्र्नु ,कविता लेख्नु, पुस्तक लेख्नु, पैसा कमाउन मात्र गरिएको काम हो ?’ भन्दै उनले आफूलाई गाली गर्नेलाई प्रतिप्रश्न गरेका छन् । उनले थपेका छन्, लक्ष्मी प्रसाद देबकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरू अहिले तपाईं हामी पढिरहेका छौँ ।  के उनले कविता लेख्न छोडेर समाजसेवा गर्नु पर्थ्यो ? उनले पैसा कमाउनका खातिर मात्रै सृजना गरेका थिए ति कृतिहरू ? नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए ?

 

 

सॉघुरो सोँच नराख्नुस्
समाज सेवा गर्नु पुन्यको काम हो , त्यो काम गर्नेहरू महान हुन तर संसारका सबै महिलाहरू मदर टेरेसा भएको भए यो संसार चल्थ्यो ? उनले प्रश्न गरेका छन् । के तपार्इं हाम्रा मदरको पनि छुट्टै महत्व छैन समाजमा ?

 

कसैसँग कसैलार्इ तुलना नगर्नुस्
सबैको काम त्यति नै महत्वपूर्ण हुन्छ ।  समाजसेवा संसारको एउटा मात्रै बिकल्प होइन । आफूले लागेको क्षेत्रबाट केहि उपलब्धिपूर्ण नतिजा समाजलाइ दिन सक्नु पनि राष्ट्बाद हो । आफ्नो पेशामा सतप्रतिशत इमान्दार भएर काम गर्नु पनि समाज सेवा हो । 

हामिले त गर्यौँ र गरेको महसूस पनि छ । तर तपाइ जस्ले फेसबुकमा धुर्मुस जस्तो बन, सुन्तली जस्तो बन्नु भनेर अरू पेशाकर्मी, कलाकार साहित्यकारलाइ कमेन्ट गरेर बस्नु हुन्छ, तपाइले अब आफूलाइ प्रमाणित कहिले गर्ने ? कि फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?

एउटा असल पेशाकर्मी भएपछि आफूले भिन्न भिन्न पेशा गर्दा कमाएको केहि हिस्सा गरिब दुखिको लागि पनि खर्चिनु पर्छ , सहयोगी हुनु पनि पर्छ तर, वकिल, डाक्टर, कबि साहित्यकार , ब्यापारिहरू सबैले आआफ्नो कार्यालयमा ताला लगाएर, काम बन्द गरेर समाजसेवा तिर नै लाग्ने हो र ?

 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top