धादिङ, दार्खा, २९ चैत - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुनीबेँसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

धादिङको धुनिबेँसी नगरपालिकाबाट महादेवबेँसीतर्फ जाँदै गरेको ना ५३ प ३०४८ नं को मोटरसाइकल अनियन्त्रित भई नालामा ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएपछि घाइते भएका गजुरेलको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

रासस