काठमाडौं, पुष २९ - काभ्रेमा अधिकांश सडक दुर्घटना टिपरका कारण हुने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र बागमती टिपर ब्यवसायि संघले  दुर्घटना न्युनिकरण अभियान शुरु गरेका छन् ।

दुर्घटना न्युनिकरणका लागि चालकलाई शपथ ग्रहण गराइएको छ । चालकहरुलाई मादक पदार्थ सेवन गरी गाडी नचलाउने लगायतका १० बुँदे शपथ गराइएको हो । काभ्रे जिल्लाबाट मात्रै दैनिक दुई हजार भन्दा बढी टिपर उपत्यका भित्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।