बागलुङ १ जेठ – मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलावेसिमा मोटरसाइकलले ठक्करदिँदा एक वालक गम्भिर घाइते भएका छन् ।

हि गाउँपालिका वडा नं. ६ घ्वाँगका १३ वर्षिय अमृत थापालाई लु३१प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिएको हो ।

घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मनिपाल अस्पतालमा उपचार सुरु भएको घाइते संगै रहनुभएका वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिनुभयो । 

घाइते वालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको अस्पताल श्रोतले जनाएको छ । मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिनेक्रममा वच्चालाई ठक्कर दिएको  प्रत्यक्षदर्शिले बताए ।