विराटनगर २८ जेठ – रंगेली सडकखण्ड अन्र्तगतपर्ने मोरङको धनपालथान गाउँपालिका –४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा धनपालथान गाउपालिका –४ वस्ने १२ वर्षिय मोहमद्ध जवार रहेको मोरङ प्रहरीले जनाएको छ ।  

झापा स्थित  एन.एम.सी. डेरी उद्योगको मे १ च ४६०९ नम्बरको भ्यानले रंगेली विराटनगर सडकमा  पैदल हिडि रहेको अवस्थामा तिन जना लाई ठकर दिएकोमा जवारको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भेनको ठकरवाट धनपालथान गाउपालिका–४ का    १८ वर्षिय  मोहमद कैफ र सोहिठाउका १५ वर्षिय   अफसार अन्सारी गभिर घाइते भएका छन ।  उनिहरुको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ 

 ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका–७ बस्ने बर्ष २२ को गोविन्द प्रसाद अधिकारीलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।