लमजुङ ८ जेष्ठ– गएराती मध्यरातमा र बिहानीपखमा गरि २ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलब १ म्याग्नेच्युडको बुधबार बिहान ३ बजेर २८ मिनेट जाँदा ३ दशमलब ९ म्याग्नेच्युडको भूकम्प गएको हो । 

दुइवटै भूकम्पको केन्द्रबिन्दु लमजुङको बेंसीसहर नगरपालिका(३ गाउँसहर दरबारमुनीको क्षेत्र रहेको केन्द्रले जनाएको छ ।