कोरोना महामारीका कारण नेपाल लगायत विश्व नै आतंकित बनिरहेको बेला सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारकार्य शुरु गरेको छ । पहिलो चरणमा सरकारले आज म्यानमारबाट २६ जना  नेपालीहरुलाई स्वदेश फिर्ता गरेको छ । बैदेशिक रोजागारीको सिलसिलामा विदेशमा रहेका, परिवारिक भेटघाटमा विदेश घुम्न गएका वा काम विशेषले हिडेका नेपालीहरुलाई अर्काको देशमा कोठाभित्रै थुनिनुपर्दा निकैनै सास्ती खेप्नुपरेको थियो । सरकारले आजबाट विदेशी भूमिमा आपत्तमा परेका आफना नागरिकलाई स्वदेश फर्काउने शुरुवात गरयो । जसलाई विश्वभरीका नेपालीहरुले प्रसंशा र सम्मान गरेका छन् । 

पहिलो शुरुवात म्यानमारबाट विहान ११ बजे नेपालीहरुलाई देश फर्काउने काम थालेको सरकारले दोस्रोमा युनाइटेड अरव इमीरेटस (युएई) बाट बेलुकी ५ः ३८ बजे १ सय ६८ जना नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको त्राससँगै छिटो स्वदेश फर्किने पर्खाइमा थिए । रोजगारी र अध्ययनको सिलसिलमा विदेशमा रहेका नेपालीहरु निरन्तरको लकडाउनले स्वदेश फर्किने तिब्र चाहना रोकिएको थियो । स्वदेश फर्काउने सरकारको यो निर्णयले परिवार भेटाउने उनिहरुको ईच्छा पुरा भएको छ । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै आन्तरिक र वाहय हवाइ उडान स्थगित भएपछि स्वदेश फर्किने सवै बाटा बन्द भएका बेला सरकारले थालेको यो पहलकदमीलाई उनीहरुले खुलेर स्वागत गरेका छन् । अलपत्र परेका नेपालीहरु म्यानमार, युएई र अन्य देशमा रहेका नेपालीको उद्धार गर्न थालेपछि विदेशमा रहेका नेपालीहरुलाई घर फर्किने बाटो खुलेको  हो । विदेशबाट आएका नेपालीको सुरुवाती व्यवस्थापन नेपाली सेनाले गर्ने जिम्मा पाएको छ । उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी भएको छ ।  उनिहरुलाई नेपाली सेनाले त्यहाँबाट कुन प्रदेशका हुन् विमानस्थलमै छनौट गरेर सेन्टर पुर्याइने तयारी गरेको छ । विभिन्न देशमा रहेका करिब २५ हजार नेपालीलाई सरकारले नेपाल फर्काउने प्राथमिकतामा राखेको छ । विभिन्न बहानामा विदेशमा रहेका नेपाली जो स्वदेश फर्किन खोज्छन् ति सबैलाई स्वदेश फर्काउने र राख्न सक्ने र त्यो चाप खेप्न सकिदैन तर जति विपतमा परेका नेपाली छन् उनीहरुलाई आफनो मुलुक फर्काउने दायित्व सरकारले पुरा गरेको छ । 

नेपालमा पनि दैनिक कोरोनाका संक्रमितको संख्या थपिदैछन् । झण्डै ३ हजारको हाराहारीमा संक्रमित र कोरोनाकै कारण मृत्यु हुनेको संख्या ११ पुगिसकेको अवस्थामा सरकारले तेस्रो मुलुकबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश फर्काउने अभियानको थालनी गर्दा उनीहरुमा पनि आफनो देशको अभिभावक (सरकार) ले आफनो दायित्व पुरा गरेको महसुस भएको छ । जसले आफनो देश र राज्य भनेको अभिभावक हो भन्ने यथार्थतालाई पुष्टि गरिदिएको छ । यसमा नेपाल सरकार र प्रधानमन्त्री ओलीको यो पहलकदमी सम्मान र गौरव गर्न लायक छ ।