नेता जन्मन्छन, नभए इतिहास अघिबढ्दैन । तर सबै नेताले इतिहासमा सम्मान पाउँदैनन् । हिमालका श्रृखला अग्ला–होचा हुन्छन् । तर सबै चुचुरा सगरमाथा हुँदैनन् । सगरमाथाको सम्मान पाउन त्यस्तै अग्लो व्यक्तित्व हुनुपर्छ । 

मदनभण्डारी त्यस्तै व्यक्तित्व हुनुहुन्थ्यो । २७ औं स्मृतिदिवसमा उहाँलाई स्मरणगर्दा त्यस्तै अग्लो व्यक्तिसँग साक्षात्कार गरेको अनुभव हुन्छ । शायद त्यही भएर दुईबर्षअघि आजकै दिनमा नेपालमा एउटा कम्युनिष्टपार्टी– नेकपाको घोषणा भयो । जननेता मदनलाई साक्षीराखेर उहाँकै सालिकबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने योजना सहितपूर्व एमाले र पूर्व एमाओवादी केन्द्र नेकपामा समाहित भए ।

मदनभण्डारीको स्मृतिदिवस पारेर बिशाल कम्युनिष्ट पार्टीको निर्माणको सन्देश हो –मदनपथको स्वामित्व ग्रहण । पूर्वएमालेको मार्गदर्शक सिद्धान्त नै थियो जनताको बहुदलीय जनवाद (जवज) तर एकतापछि पूर्व एमाओवादी केन्द्र पनि त्यही पथमा आयो । भलै, त्यसलाई खुलारुपमा स्वीकार गर्न अझैपनि पूर्बएमाओवादीका नेतागणले सकिरहेका छैनन् । किनकी त्यो व्यक्तित्व र सिद्धान्तस्विकार गर्दा होचो होइन्छ भन्ने लघुताभाष पूर्वमाओवादीमा छ ।  

एमालेको पाँचौ महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम र मौलिकसिद्धान्तका रुपमा नेपाली जनतामा यो स्थापित छ । नेकपा बनेपछि जनताको बहुदलीय जनवाद र एक्काइशौं शताब्दीको जनवादको नभनीजनताको जनवादलाई अघिबढाउनुपर्छ भाषाप्रयोग गरिएको थियो । तर त्यसको व्याख्याभएको छैन । त्यसैले बेलाबेला नेताहरुबीच यसमा विवादहुने गर्छ, जो मूलत् ‘कस्मेटिक’हो किनकी त्यहाँ पदको वार्गेनिङ छ । सिद्धान्तको आवरणमा पदको लडाई कम्युनिष्टपार्टीको पुरानै रोग हो । 
कसैको गलत राजनीतिक विरासतलाई बिश्राम दिन शब्दावलीमा‘कम्प्रोमाइज’गर्नु सही वा गलत थियो त्यो इतिहासले मुल्याकंन गर्छ नै । तर जनताको जनवादलाई जर्वजस्ती जनताको बहुदलीय जनवादभन्दा फरक देखाउन खोज्नु चाँही कालान्तरमा आत्माघाती सावित हुनसक्छ । किनकी अवको राजनीतिमा यो भन्दा उपयुक्त अर्काे बाटो नै छैन । नेपालको हित चाहने सानातिना सबै कम्युनिष्टपार्टी ढिलोचाँडो यो छाताको ओत लाग्नुको विकल्प छैन । 

मदन बहुदलीय प्रणाली भएको जनवादीव्यवस्था स्थापनागर्ने मिसनमा हुनुहुन्थ्यो । बिश्व कम्युनिष्ट आन्दोलनमा देखिएका प्रवृतिहरुको विश्लेषणगर्दै नेपाली अवस्था अनुसारको कम्युनिष्ट पार्टी निर्माणमा उहाँ लाग्नुभयो । सोभियत रुप, पूर्वी युरोपमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थाबाट बिघटनतिर प्रवेश गरिरहँदा तीनका कारण र अवस्थाको गहिरो अध्ययनपछि उहाँले माक्र्सवादको सृजनात्मक प्रयोगमा जोड दिनुभयो । ठोस परिस्थितिको ठोस बिश्लेषणपछि उहाँले कम्युनिष्ट आन्दोलनमै नयाँ र मौलिक सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । त्यहीभएर विदेशी संचारमाध्यमले आफ्ना अन्तवार्तामा नेपालमाक्र्स जीवितछन् भन्ने प्रचार गरे । मदनभण्डारीको अन्तवार्ता आयोे– ‘इन नेपाल कार्लमाक्र्सलिभ्स् ।’ नेपालको एउटा नेताको बारेमा विश्व प्रसिद्ध म्यागजिनमा अन्तवार्ता प्रकाशित हुनु र त्यसमा पनि कार्लमाक्र्ससँग तुलना गरिनु चानचुने थिएन र होइन । 

त्यसबेला माओवादीहरु भने बन्दुकबाट सत्ताकब्जाको मिसन लिएर भूमिगत सशस्त्रयुद्धको योजना बनाउँदै थिए । र, अन्तत त्यही गलत बाटोमा होमिए । मदनको मिसनभने फरक थियो । उहाँले बहुदलीय प्रतिस्पर्धा सहितको कम्युनिष्ट व्यवस्था र राज्यसत्ताको कल्पनागर्दा त्यस बिरुद्धदुबै अतिवादबाट आक्रमण भयो । एकपक्षले कम्युनिष्टपार्टीको बहुदलीयतालाई विश्वास गर्नु नहुने प्रचार गर्दै आक्रमण गरेभने अर्कापक्षले त्यो माक्र्सवाद लेनिनवाद विरोधीबुर्जवा सिद्धान्तमा पतन हुनु हो भन्ने सम्मका जडसुत्रवादीप्रहार गरे । बहुदलीय प्रतिस्पर्धाको प्रणाली अपनाउँदा राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई मात्र नभएर अन्तराष्ट्रिय आन्दोनलाई प्रत्यक्ष र परोक्ष प्रभावपार्न सकिन्छभन्ने उहाँको सोच थियो । 

बल प्रयोग गरेर, बुलेटबाट कम्युनिष्टको एकदलीय एकाधिकारवाद स्थापना गर्ने मोह र आग्रहबाट कम्युनिष्ट मुक्तहुनुपर्छ भन्ने उहाँको बिचार थियो । माओवादीले हिंसात्मकबिद्रोह शुरुगर्दा सर्वहारावर्गको अधिनायकत्वको लक्ष्य राखेको थियो र त्यो मूलत सशस्त्र बिद्रोहबाट सत्ता कब्जाको बाटो थियो । जो १० बर्षपछि असफल भयो र अन्तत माओवादी शान्ति प्रक्रियामा आउन वाध्य भए । १७ हजारको बलिदानपछि उनीहरु फर्किएको बाटो संसदीय र शान्तिपूर्ण प्रतिस्पर्धाकै थियो । जो घुमाइफिराई मदनपथ नै थियो । मदनले प्रतिपादन गर्नुभएको जनताको वहुदलीय जनवादले नेपालमा कम्युनिष्टप्रतिको दृष्टिकोणमै आमुल परिवर्तन ल्यायो । त्यसअघि सम्मकम्युनिष्टहरु अधिनायकवादी हुन्छन् वाकम्युनिज्यले दलीयप्रतिस्पर्धा अस्विकार गर्छ भन्ने बुझाई थियो । त्यहीभएर उहाँलाई सिद्धान्तकार र दार्शनिक भनियो । 
अहिले मदनलाई सम्झिरहँदा नेकपाका नेताहरुले वास्तविकता स्विकानुपर्छ । हत्या र आतंक नेपाली कम्युनिष्ट नेताले आफु अनुकूलहुँदा त सम्झना नगर्लान तर प्रतिकूलहुँदा त्यो विगतको त्रासदी एकअर्कालाई खुइल्याउने मुद्दा बन्नेछ । कम्युनिष्ट आन्दोलन मूलत् दासकालिन र सामान्तकालिन निरंकुशतावादी राजकीय उत्पीडन विरोधी जनताको राजनीतिक अधिकारको आन्दोलन हो । जनतालाई देशको राजनीति र व्यवस्थाको निर्णायक तत्व बनाउने र वास्तविक मालिक बनाउने सिद्धान्त हो । महासामन्त, राजा र फासिष्टहरु जनवादशब्दको दुरुप्रयोग गरेर सत्ताटिकाउने प्रयास गर्छन । तर त्यसभित्र रहेको मर्मलाई बुझ्न सक्दैनन् ।

श्रमजिवी जनता, जनजिविका, राष्ट्रियताको संरक्षणमा जवजका निश्चित मूलभूत सिद्धान्त र सुत्र छन् । जनताको सार्वभौमसत्ताको उच्चकदर गरी नेपालको स्वतन्त्र र सार्वभौम पहिचानलाई स्थापितगर्ने लक्ष्यमदनको थियो । उहाँले विदेशी साम्राज्यवादी र बिस्तारवादी शक्तिका स्वार्थहरुको द्धन्द्धको स्थल नेपाललाई बन्नदिनु नहुने बताउनुभएको थियो । मजदुर बर्ग र कम्युनिष्टपार्टी पानी र माछाजस्ताहुन, एक र अर्का विनाबाँच्न सक्दैनन् भन्ने उहाँको सोच थियो । जनताप्रति अगाधविश्वास र राष्ट्रप्रति अथाह प्रेम भएका कारण उहाँ देशवासी र जनताबीच लोकप्रिय हुनुहुन्थ्यो । 

शायद् त्यहीभएर मदनभण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा षड्यन्त्रपूर्वक हत्यागरियो । जनताको प्रिय नेताको गाडी दुर्घटना गराएर भएको हत्याले देश रोयो, जनता रोए । पार्टीले सिद्धान्तकार, दार्शनिक गुमायो । र, सबैभन्दा ठूलो नेपाल बनाउने उहाँको सपना अधुरो रह्यो । तर बिडम्वना मदन र जीवराज आश्रितका हत्यारा आजसम्म पत्ता लाग्न सकेनन् । एउटा राष्ट्रवादी नेताको हत्याहुँदा राज्यले अपराधी पत्ता लगाउन नसक्नुले गम्भीर प्रश्न उठ्छन् । देश र जनताको पक्षमा राजनीतिमा  होम्ने नेता बिरलै जन्मन्छन्, त्यसमा पनि षड्यन्त्रपूर्वक हत्याहुँदा त्यसले दिने सन्देश पिंडादायी हुन्छ । जवजका सच्चा अनुयायी नेकपा अध्यक्ष केपीशर्मा ओली अहिले देशको कार्यकारी हुनुहुन्छ । उहाँले जतिशायद् समकालिन राजनीतिमा रहेकाअर्के कुनै नेताले पनि मदनलाई बुझ्नुभएको छैन, यद्धपी समकालिन नेताहरु थुप्रै हुनुहुन्छ । स्वम नेकपाका अर्का अध्यक्ष प्रचण्डले दासढुँगाको कार्यक्रम अघि मदनसँग भेटवार्ताको तयारी भइरहेको स्मरणगर्दै त्यो भएको भए त्यस्तो अप्रिय अवस्था आउने थिएनकी भन्ने कथन समेत राख्नु गर्नुभएको छ ।

मदनप्रतिको स्मरण कर्मकाण्डीमात्र होइन तर अव त्यसले मात्रपनि पुग्दैन । मदनका हत्यारा पत्ता लगाउने मिसनमा सरकार लाग्नुपर्छ । कमसेकम यो रहस्यको गर्भमै समाप्त हुनुहुँदैन । त्यस्तै, जवजलाई नेकपाकै मार्गदर्शक सिद्धान्त मानेर अघिबढ्नुपर्छ । हार्दिक सम्झना जनताकाप्रिय नेता ।