सन् १९५५ अगष्ट १ मा स्थापना भएको नेपाल चीन दौत्य सम्वन्धले ६५ बसन्तहरु पुरा गरेको छ । नेपालले विश्वका धेरै देशहरुसँग कुटनीतिक सम्वन्ध स्थापना गरेपनि छीमेकी देशहरु भएको नाताले चीन र भारतसँगको सम्वन्धले निकै अर्थपुर्ण सम्वन्ध राख्दछ । भुगोल, जनसंख्या, आर्थिक, सामारिक पक्षमा पनि विश्वमा उदीयमान राष्ट्र चीन र भारतप्रति विश्व समुदायको ध्यान जानु र यी देशहरुको वीचमा नेपाल रहनुले पनि हाम्रो चीन र भारतसँगको वैदेशिक नीति र सम्वन्धहरु दुई देशमा मात्रै सीमित हुने बिषय नभएर यो विश्वका भुअर्थराजनीतिका खेलाडीहरुको चासोको बिषय बन्दछ । 

पाँच हजार बर्ष पुरानो सभ्यता बोकेको देश चीन र इतिहासमा कहिले पराधिन नभएको स्वाधिन र धार्मिक र वीरताको ऐतिहासिकता बोकको नेपालवीचको सम्वन्ध करीव १ हजार बर्षभन्दा पनि पुरानो छ । गौतम बुद्ध नेपालमा जन्मिनु र यसको अध्ययन अनुसन्धानकालागि चिनियाँ भिक्षुहरुको नेपाल आगमनले पनि नेपाल चीनवीचको जनस्तरको सम्वन्धको उजागर गर्दछ । वुद्धभ्रद र फासियानहरुको योगदान नेपाल चीनवीचको धार्मिक सम्वन्ध कायम गर्ने कुरामा निकै महत्वपुर्ण छ । त्यस्तै नेपाली राजकुमारी भृकुटीको स्रङचङ गम्पोसँगको विवाहले नेपाल चीनवीचको साँस्कृतिक सम्वन्धको सेतुको काम गरेको छ भने अरनिको तिव्वत भ्रमण र वेइजिङसम्म फैल्याएको उनको सीप, कला र पौरखले नेपाल चीनवीचको सम्वन्धलाई वास्तुकलाको माध्यमबाट जोडदछ । 

पछिल्लो समयमा नेपालले चीनसँग रेल्वे, हवाई हाइवे लगायत अन्य कनेक्टीभिटीका माध्यमबाट आफनो सम्वन्धलाई मजवुद वनाउने कुरामा आफनो ध्यान केन्द्रीत गरेको छ । हाम्रा उच्चस्तरका भ्रमणहरुमा भएको समझदारी, सम्झौता आदिले पनि यही कुराको संकेत गर्दछन । केपी शर्मा ओलीको पहिलो र अहिलेको कार्यकालमा नेपाल र चीनवीचमा जे जति कामहरु सम्पन्न भएका वा हुनेक्रममा छन, त्यसले नेपाल चीन सम्वन्धलाई नयाँ उचाईमा पुरयाएको छ । यही समयमा नेपालले व्यापार र पारवहन सन्धी मार्फत चीनको समुन्द्र र सुख्खा वन्दरगाहमा आफनो अधिकार स्थापीत गरेर भुपरिवेष्ठित देशबाट भुजडित देशको रुपमा परिणत भएको छ । यो नेपालको ऐतिहासिक उपलव्धी हो । 

अहिलेको शताब्दी भनेको आर्थिक कुटनीतिको सताव्दी हो । आर्थिक गतिविधि विनाको दुई देशवीचको कुटनीतिक सम्वन्धले यो समयमा त्यति औचित्यता कायम गर्न सक्दैन । विगतदेखि नै चीनसँग हाम्रो सम्वन्ध विवादरहित सम्वन्धकोरुपमा स्थापित सम्वन्ध हो । पछिल्लो समयमा नेपालले चीनसँग रेल्वे, हवाई हाइवे लगायत अन्य कनेक्टीभिटीका माध्यमबाट आफनो सम्वन्धलाई मजवुद वनाउने कुरामा आफनो ध्यान केन्द्रीत गरेको छ । हाम्रा उच्चस्तरका भ्रमणहरुमा भएको समझदारी, सम्झौता आदिले पनि यही कुराको संकेत गर्दछन । केपी शर्मा ओलीको पहिलो र अहिलेको कार्यकालमा नेपाल र चीनवीचमा जे जति कामहरु सम्पन्न भएका वा हुनेक्रममा छन, त्यसले नेपाल चीन सम्वन्धलाई नयाँ उचाईमा पुरयाएको छ । यही समयमा नेपालले व्यापार र पारवहन सन्धी मार्फत चीनको समुन्द्र र सुख्खा वन्दरगाहमा आफनो अधिकार स्थापीत गरेर भुपरिवेष्ठित देशबाट भुजडित देशको रुपमा परिणत भएको छ । यो नेपालको ऐतिहासिक उपलव्धी हो । 

विश्वको दोस्रो अर्थतन्त्र र विश्वको पहिलो जनसख्या भएको देशकोरुपमा चीनले अहिले विश्व समुदाय माझ आफनो परिचय बनाएको छ । पछिल्लो समयमा चीनले वेल्ट रोड परियोजना मार्फत विश्वका प्राय सवै देशहरुसँग साझेदारी र सहकार्यको अवधारणालाई अगाडी बढाएको छ । हामी पनि सन् २०१७ मा वेल्ट रोड इनिसियटिभस (विआरआई) मा समावेश भएका छौ, तर यो परियोजनाबाट जति लाभ लिन सक्नु पर्दथ्यो, नेपालले त्यति लाभ लिन नसकिरहेको कुरा भने स्पष्ट छ । चीनको विदेश नीतिलाई हेर्ने हो भने उसले छीमेकी पहिलो भन्ने नीतिलाई आत्मसात गरेको छ । चीनसँग जोडिएका १४ वटा छीमेकीहरुमध्ये दक्षिण एशियाको प्रवेशद्धारको रुपमा नेपाललाई अगाडी वढाउन खोजिरहेको चर्चा सुन्न र पढन पाइन्छ । हामी चीनसँग व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य, आदिवाट जोडिएका छौ । नेपाल र चीनवीचको सम्वन्ध भनेको सरकारहरुवीचको मात्रै सम्वन्ध होइन्, जनस्तरको सम्वन्ध पनि हो । हामी दुई देशवीचको सम्वन्धलाई अझै वलियो र अमर बनाउनकालागि र नेपालको आर्थिक विकास र साझेदारीकालागि नेपाल चीनवीच कनेक्टीभिटीलाई जोड दिनै पर्दछ । हाम्रो समृद्धिको अभियानमा चीनसँगको कनेक्टीभिटी महत्वपुर्ण कोशेढुङगा बन्न सक्दछ । अन्त्यमा नदी र हिमालले जोडिएको नेपाल चीनवीचको सम्वन्ध हिमाल जतिकै अग्लो र नदी जतिकै गहिरो बन्न सक्नु पर्दछ ।