नेपालको संविधानले स्थिर सरकारको परिकल्पना गरेको छ । नेपाली जनताले पनि स्थिर सरकार भए मात्रै देश विकास हुन्छ भन्ने मत जाहेर गर्दै संविधान निर्माण पछिको पहिलो निर्वाचनमा नेकपालाई पहिलो मत दिएका हुन् । पूर्व नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रियताको संरक्षण गर्ने मामिला र विकासको मामिलामा जनतालाई उत्साहित बनाएको कारण नेपाली जनताले ओलीले नेतृत्व गर्नु भएको पार्टीलाई अत्यधिक मतदान गरी स्थानीय तहहरुमा नेकपा एमालेले एक छत्र विजय हासिल गरेको हो । सचिवालयका नेताहरु यो कुरा स्वीकार गर्न तयार छैनन् किनभने यो कुरा स्वीकार गर्नु भनेको ओलीलाई ठूलो बनाउनु हो भन्ने उनीहरुको बुझाई छ । पार्टीभन्दा ओली ठूलो होइन भन्नेहरु छन् । कहिले काही नेता ठूलो र कहिलेकाँही पार्टी ठूलो हुने परिस्थितिले सिर्जना गर्दो रहेछ । नेपाल मै यस्तो उदारहणहरु पनि छन् । त्यसमा पनि नेकपा भित्रको हिजो र आजको परिस्थितिको विश्लेषण गरौं । भएको कामलाई छोपेर विश्लेषण नगरौं यथार्थ हाम्रो सामु छर्लङ्ग छ । हिजो को कहाँ थियो । कुन पार्टीको हैसियत कस्तो थियो । उपयुक्त समयमा उपयुक्त निर्णय भयो कि भएन । भएको निर्णय कार्यान्वयन भयो कि भएन त्यो पनि विश्लेषण गरौं । सबै प्रश्नको जवाफ भेटिन्छ । 

निर्णय क्षमताको दृष्टिले तात्कालिन नेकपा एमाले र माओवादी समान अवस्थामा थिए जतिखेर नेपालमा पहिलो संविधान सभाको निर्वाचन भयो । त्यो संविधान सभाले संविधान बनाउन सकेन । बरु आफै उल्झनमा जाक्कियो । अन्त्यमा संविधासभानै भंग गर्नुपर्ने अवस्था सिर्जना भयो । कसको कारणले हो यो ? तात्कालिन एमालेका पार्टी प्रमुख झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी तर्फ अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईको सक्रिय नेतृत्व थियो हैन ? खोई त्यो नेतृत्वले नतिजा ल्यायो ? त्यो अवस्थामा पनि संविधानसभाको सदस्य नभएका केपीशर्मा ओली बेलाबेला संविधानसभाको हलमा पसेर विवाद समाधान गर्नु पर्दथ्यो । नेतृत्व त्यो हो आफ्नो भूमिका आफै तय गर्दै अघि बढ्छ । ओलीले बाहिरबाट संविधान बनाउन निक्कै पहल गर्नुभयो तर, त्यो जिम्मेबार भूमिकामा रहेकाहरुले ओलीको मर्म बुझ्न सकेनन् । त्यो बेला नेकपा एमालेका नेताहरु ‘नेक्पा एमाले हुन्छ पनि भन्दैना हुन्दैन पनि भन्दैना तर, स्पष्ट छ’ भनेर जगत हँसाउने काम गरिरहेका थिए । यस्तै द्विविधा पूर्ण निर्णयकर्ताहरुको कारण संविधानसभा नै भंग गर्नु प¥यो । जनतामा फेरि निरासा छायो । अदृष्य शक्तिहरु हावी हुन थाले ।
 
दोस्रो संविधानसभासम्म आइपुग्दा ओली पार्टीको अध्यक्ष भईसक्नु भएको थियो । ओली पार्टीको अध्यक्ष भएपछि नेपालको राजनीति ओलीको अघिपछि घुम्न थाल्यो । तेस्रो दलमा परिणत भएको पार्टीलाई ओलीले दोस्रोमा पु¥याउनु भयो । उता माओवादी पार्टीका अध्यक्ष प्रचण्डले पहिलो स्थानमा रहेको एनेकपा माओवादीलाई तेस्रो स्थानमा पु¥याउनु भयो । अब भन्नुस् पार्टी ठूलो कि नेता ? सानो पार्टी रहेको एमालेको महाधिवेशनले ओलीलाई अध्यक्ष बनाएपछि तेस्रो नम्बरको पार्टी दोस्रो भयो । ठूलो तथा शक्तिशाली पार्टीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको एनेकपा माओवादी तेस्रो नम्बरमा पुग्यो । पार्टी ठूलो होभने एमाओवादी किन तेस्रो स्थानमा झ¥यो ? त्यसकारण नेता पनि ठूलो नै हुनुपर्छ । नेतृत्वलाई होच्याएर पार्टी अघि बढ्न सक्दैन । नेकपा एमालेका ततकालिन महासचिव माधवकुमार नेपालसँग जंगलबाट भरखर पहिलो पटक चुनावमा होमिएको माओवादीले ४० सिट मागेर निर्वाचनमा संयुक्त रुपमा जाऔं भन्दा ओलीले सहकार्य गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो तर, नेता नेपालले यो प्रस्तावलाई स्वीकार गर्न सकिन्न भन्नु भयो र सहकार्य हुन सकेन । त्यो भनेको वस्तुगत परिस्थितिको विश्लेषण गर्न नसकेर सही निर्णय हुन सकेन अनि नतिजा पराजयको शिकार हुनु प¥यो । अन्तत सही निर्णय गर्न नसक्दा महासचिवबाट राजीनामा दिनुप¥यो । 

एनेकपा माओवादी र एमालेको आन्तरिक अवस्थालाई कसले कति भिन्न बनाएको थियो । परिवेशलाई कसले आफ्नो काबुमा ल्यायो, हिजोको अवस्थाको पार्टीलाई अहिलेको अवस्थामा पु¥याउन उसले गरेको योगदानको कुनै कदर नै नगरी गलत आग्रह राखेर आरोप पत्र दर्ज गर्नु हुँदैन थियो । तत्कालिन नेकपा एमाले कुन लिङ्गी हो भनेर सञ्चार क्षेत्र प्रश्न उठाउँदा किन त्यो समयमा पार्टीको नेतृत्व गरिरहनु भएका नेताहरु त्यसको जवाफ दिन सक्नु भएन । र, त्यसको जवाफ दिन पनि केपी शर्मा ओलीले नै अध्यक्ष भएर आउनु प¥यो । तात्कालिन नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेतृत्व गरेपछि सबैलाई मिलाएर निर्वाचनमा टिकट वितरण गर्नु भयो । त्यसको आधारमा पार्टीले आफ्नो क्षमता अनुसार कही हार्नु परेन । तेस्रो स्थानको पार्टी दोस्रो भयो । संविधानसभामा एमालेकै भूमिकाको कारण संविधान निर्माण हुन सक्यो । निर्माण भएको संविधान पनि जारी गर्न खुट्टा कमाइरहेको नेपाली कांग्रेसलाई सही ठाउँमा उभ्याउने काम केपी ओलीले नै गरेका हैनन् र ! अनि ओलीको कामले भन्यो एमाले उभयलिङ्गी होइन भाले हो । 

भारतले नाकाबन्दी गर्दा नाकाबन्दी हो भन्न नसक्नेहरु अहिले ओली राष्ट्रवादको खिसिट्यूरी गर्छन् । अहिलेको यो रडाको प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले गुमाएको कालापानी लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन लागे भनेर होइन ? हैनभने भारतीय प्रधानमन्त्रीका दूतसँग भेट्दा किन रडाको ? किन भारतीय कुटनीतिक व्यक्तिहरु नेपाल आउँदा ओली विरोधी बकवासहरु बाहिर ल्याइन्छ ? ओलीलाई पार्टीभित्र हामीले कमजोर पारिसक्यौं भनेर देखाउन यत्रो हर्कत किन ? नेताहरुलाई लाग्दो हो जनतालाई केही थाहा छैन । त्यस्तो भ्रम हटाउँदा बेश हुन्छ । जनतालाई राम्ररी थाहा छ कुन नेता के खान्छन्, कुन ब्राण्ड हो, कस्तो चरित्रको कुरा गर्छन र आफू कुन चरित्रमा छन् । जनताले राम्ररी बुझेका छन् । त्यसकारण जनता हेप्ने काम गर्नु हुँदैन । जनताले मौन बसेरै पार्टीको नाममा पैकारी गर्नेहरुलाई साइजमा ल्याउँछन् । त्यसकारण जनता हँसाउने काम तत्काल बन्द गर्दा राम्रो हुन्छ ।
  
यो ५ वर्षको सत्ता सञ्चालनको जिम्मा केपी ओलीलाई नै हो । पार्टी अध्यक्ष पनि ओली नै हो यहाँबाट ओलीले राजीनामा दिनु भनेर नेकपा कहिल्यै उठ्न नसक्ने गरी धसिनु हो । नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरुमा पार्टी र संसदीय चुनावबाट जितेर पार्टी र सत्ताको नेतृत्व गर्ने आँट छैन ? अहिले नै नगद मै छिन्ताछिन्तीमा पद चाहियो ? किन रडाको ? कुन नेताको हैसियत के हो त्यही अनुसार पार्टीले पद विभाजन गरेर जिम्मेवारी दिएको छ । अहिलेको बहुमत र अल्पमतको हावादारी कुरा उठाउनु सान्दर्भिक छैन । कसले अनुमोदन गरेको छ बहुमत र अल्पमत ? एकताको महाधिवेशनमा निर्वाचन हुन्छ त्यसले छुट्टयाउँछ बहुमत र अल्पमत । अहिले सबै टीके पदहरु हो । दुई अध्यक्षले धार्नी मिलाउन एकतातिर जाँदा तलमाथि नहेरौं भनेर मनोनित गरिएकाहरुको टाउको गनेर बहुमत वा अल्पमत हुँदैन । त्यो बहुमत वा अल्पमतलाई महाधिवेशनले अनुमोदन गर्नु पर्दछ । अहिले महाधिवेशसनसम्म सरकारको काम केपीशर्मा ओलीले गर्ने हो । पार्टीको कार्यकारी भूमिकामा रहनु भएका प्रचण्डले सहमतीय ढंगले महाधिवेशन सम्पन्न गर्ने हो । अहिले विवादका कुरा घटाउँदै सहमतीका एजेण्डा अघि साद्र्रै जाने बेला हो । वर्तमान सरकार सफल भए सरकारसँगै नेकपाको नेतृत्व सफल हुन्छ । सरकार असफल भए प्रधानमन्त्री ओलीमात्र असफल हुने हैन त्यसमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत नेकपा नै असफल हुन्छ, त्यसतर्फ त्यो बुढो दिमाग किन चल्दैन !