प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठकको आव्हान गर्नुभयो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग करिब ३ घण्टा गरिएको छलफलमा कोभिड महामारीबीच सरकारले जनताको जीवन रक्षाका लागि काम गरिरहेको बेला मुलुकमा गणतन्त्रबिरुद्धको गतिबिधि र हत्या हिंसाका घटना बढेपछि सवै दलबीच साझा धारणा बनाउने कुरा आजको सर्वदलिय बैठकको मुख्य एजेण्डा थियो । प्रधानमन्त्री ओलीले उक्त वैठकमा कोभिड– १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधका बिषयमा सवै दलको धारणा माग्नुभएको थियो ।

‘पछिल्लो दिनमा भइरहेको संविधानविरोधी गतिविधि र हत्या–हिंसाविरुद्ध सवै दल एकजुट हुनुपर्छ,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो । बैठकमा आफ्नो धारणा राख्ने क्रममा सवै दलका नेताहरुले प्रधानमन्त्री ओलीको प्रस्तावलाई समर्थन गरेका छन् । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्नेे दलका नेताहरु सहभागी हुनुहुन्थ्यो । बैठकमा सहभागि अधिकांश नेताहरुले प्रधानमन्त्रीलाई संविधानबाट प्राप्त उपलब्धिको रक्षाका लागि देश, जनता, विकास र स्थिरताका पक्षमा राख्नुभएको अडानबाट बिचलित नहुन आग्रह गर्दै जस्तो सुकै सहयोगका लागिपनि सहयोग रहने बताउनु भएको थियो । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पछिल्लो समय विवाद बढ्दै गइरहेको छ । सरकारमा आसिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो वा त्यो नाममा कमजोर बनाउन सकिन्छ भनेर पार्टीभित्रका केही नेताहरु लागिरहेको अवस्था छ । ठीक त्यहीवेला संविधान विरोधी केही तत्वहरुले धमीलो पानीमा माछा मार्न सकिन्छ की भन्ने दुश्प्रयास पनि जारी राखेको अवस्था छ । यतिवेला प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने दुश्प्रयास भनेको जनआन्दोलन र अन्य आन्दोलनका उपलव्धीहरुलाई कमजोर बनाउन गरिएको षडयन्त्र मात्र होइन की यो राजनीतिक स्थिरता, विकास, राष्ट्रियतालाई कमजोर पार्ने घरेलु र बाहय दुश्प्रयास पनि हो भन्ने बुझाई आजको सर्वदलीय बैठकको निष्कर्ष हो । चट्टानी आडान र दृढ संकल्प बोकेर देश जनता, विकास र स्थिरताको पक्षमा लडिरहनु भएको प्रधानमन्त्री ओलीको काँधमा अहिले संविधान विरोधी गतिविधिलाई समेत परास्त गर्ने चुनौति थपिएको छ । त्यसमा सवै दलहरु र नेपाली जनताको बलियो साथ र दरिलो हात ओलीको साथमा रहेको प्रतिवद्धता नै आजको सर्वदलिय बैठकको निष्कर्ष हो ।