सम्पादकीय : संविधान संसोधनबारे सरकारको दृष्टिकोण प्रष्ट पार 


Friday, 23 Sep, 2016 5:10 PM

प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो प्राथमिकता उनकै भाषामा मधेशी र जनजातीका मागलाई संबोधन गर्न संविधान संशोधन हो । शायद, दाहालको यही उधारो आश्वासनलाई मानेर संविधान बहिष्कार गरेको मोर्चाले अचानक संविधान मान्यो । त्यतिमात्र होइन, दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन नै गर्यो ।


तर प्रधानमन्त्री भएको डेढ महिना बितिसक्दा पनि मधेशी मोर्चाका मागलाई संवोधन गर्ने मुद्धा ओझेलमा छ । भारत भ्रमणमा जानुअघि संविधान संशोधन संसदमा दर्ता गर्ने सार्बजनिक प्रतिबद्धता जनाएका प्रधानमन्त्री त्यसमा पूर्णतः असफल भएका छन् । नयाँदिल्लीमा समकक्षी नरेन्द्र मोदीसमक्ष समेत संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएर फर्केका दाहालले घरेलु बिषयलाई द्धिपक्षीय साझा मुद्धा बनाएर राष्ट्रबिरोधी व्यवहार त प्रदर्शन गरे नै, मोदीलाई समेत गलत ‘ब्रिफिङ’ गरे ।


प्रधानमन्त्री दाहालले मधेशी मोर्चाका मागलाई संवोधन गर्न कुनै गम्भीर गृहकार्य अघि बढाएका छैनन् । उनी अख्तियारद्वारा अघि बढाइएको लडाकु आर्थिक घोटालाको छानवीनलाई सत्ताको पहुँचमा दबाउने खेलको नेतृत्व गरिरहेका छन् । दुनियाँमा मुलुकको कार्यकारीले अख्तियारको जस्तो जिम्मेबार निकायका प्रमखुलाई ‘मैले मिलाइसकें, अव भ्रष्टाचार र घोटाला छानविन अघि बढ्दैन’ भन्ने जस्ता सार्बजनिक अभिव्यक्ति दिंदैनन् । भ्रष्टाचार अनुसन्धानको बिरुद्ध यस्तो पक्षपोषण खुलेआम गर्ने प्रधानमन्त्री छन् भन्नु पर्दा नागरिकलाई पीडाबोध भएको छ । अव यस्ता सरकार प्रमुखबाट सकारात्मक बिकासको अपेक्षा कसरी गर्ने ? 


प्रधानमन्त्री दाहाल संविधान संशोधनप्रति कति पनि गम्भीर छैनन भन्ने प्रमाण त्यसको मुख्य सरोकार पक्षसंग संवादहिनता हो । उनले संशोधनबारे दिल्लीमा वार्ता गरे तर गर्नुपर्ने एमाले र त्यसका अध्यक्षसँग भने उक्त बिषयमा अहिलेसम्म संवादसमेत गरेका छैनन् । एमालेसँग संविधान संशोधनका बारेमा औपचारिक छलफल समेत आब्हान गरिएको छैन । एमालेले प्रष्ट रुपमा औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताइरहेका बेला संशोधन कुन कुन बिषयमा गर्ने भन्ने समेत सत्तारुढ पक्षले राख्न सकेको छैन । बरु एमालेको उपयुक्त अडानलाई संशोधन गर्नै नचाहेको, मधेशी मोर्चाका मागप्रति अनुदार भएको भन्दै जर्बजस्ती मधेशबिरोधी बनाउने प्रयास भएको छ ।


असन्तुष्ट मोर्चाका नेताले संविधान संशोधनको बिषयमा मोर्चासंग छलफल गर्नुपर्नेमा नयाँदिल्लीमा मुद्धा बनाएको भन्दै आक्रोस व्यक्त गरिरहेका छन् । यस्तो बेला प्रधानमन्त्री वास्तबमै घरेलु समस्या समाधान गर्न चिन्तित छन ? भन्ने प्रश्न उठेको छ । हैन भने तत्काल प्रधानमन्त्रीले संविधान कार्यान्वयन अघि बढाउन् । त्यसका लागि तोकिएको समयमा निर्वाचन घोषणा गरुन् । मधेशी मोर्चाका माग जायज र तार्किक छन भन्ने सरकारको निश्कर्ष हो भने ती के हुन त्यसको सूचीसहित प्रतिपक्षीसँग वार्ता आरम्भ होस् । अन्यथा, प्रधानमन्त्री दाहालको असफलताको यात्रामा यो पनि सुचीकृत हुनेछ, जुनबेला उनको पदीय औचित्यमाथि प्रश्न उठ्नेछ । 
  
 
  
 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top