काठमाडौ, १६ वैशाख– भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान सम्पन्न भएको छ ।

आजभएको लोकसभाको निर्वाचनमा चर्चित नायिका एैश्वर्या राय बच्चन, अभिशेक बच्चन प्रियंका चोपडाले भोट हालेको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन । उनीहरुले फोटो पोष्ट गदै आफनो अधिकार सुनिश्चित गरेको बताएका छन ।

१४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भएकोे हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भएकोे छ । यस्तै राजस्थान र उत्तर प्रदेशमा १३र१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६र६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि निर्वाचन भएको हो । भारतमा अहिलेसम्म तीन चरणमा कुल ३ सय २ सिटका लागि मतदान भइसकेको छ । चौथो चरणपछि यो संख्या ३ सय ७३ पुग्ने छ । सात चरणमा भइरहेको यसपटकको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् ।