काठमाडौ,२९ पुस–नेपालका लागि नयाँ भारतीय राजदूतका रुपमा विनय मोहन क्वात्रा चयन हुनुभएको छ ।

यसअघि फ्रान्सका राजदूत रहनुभएका क्वात्रालाई भारतले नेपालका लागि राजदूतका रुपमा पठाउन लागेको हो । सन् १९८८ मा कूटनीतिक सेवामा प्रवेश गर्नुभएका क्वात्रा यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहनुभएको थियो । उहाँले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा समेत काम गरिसक्नुभएको छ ।

सन् २०१० मेदेखि सन् २०१३ जुलाइसम्म उहाँले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गर्नुभएको थियो। 
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएपछि क्वात्रा नेपालको नयाँ राजदूतका रुपमा आउन लाग्नुभएको हो ।