उग्रपन्थीको हतियार ‘महेन्द्रीय राष्ट्रवाद’


Friday, 30 Dec, 2016 6:18 PM

समाचार टिप्पणी 

‘बलियो विचारमाथि हमला गर्नुअघि त्यसका मानकहरुलाई कमजोर पार्नु पर्छ ।’ 
–सोल अलिन्स्की 


राष्ट्र अर्थात् नेशन सिमित भूगोल र त्यहाँको नागरिक समुह मात्र होइन । राष्ट्र एउटा विचार पनि हो । उग्रपन्थी विचारलाई कसरी समाजमा स्थापित गर्ने भन्ने सिद्धान्तका अमेरिकी प्रणेता सोल अलिन्स्की भन्छन्– विचारलाई कमजोर पार्ने अभियान मार्फत राष्ट्रलाई कमजोर पार्न सकिन्छ । उग्रपन्थका १२ नियम (टुवेल्भ रुल्स फर र्याडिकल्स) नामको सन् १९७१ मा लिखित उनको पुस्तकमा उदारवादी बहसकर्तासँग उग्रपन्थीहरु कसरी प्रस्तुत हुने भन्ने तरिका सिकाइएको छ । आज नेपालमा अभियानवादी बुद्धिजीवीहरुले नेपाल राष्ट्रका स्थापित मानकमाथि आक्रमण गर्दा उनका नियमको पालना जस्ताको तस्तै गरेको देखिन्छ । 
अलिन्स्की भन्छन्–‘प्रतिस्पर्धी विचारसँग तर्क नगर, बरु त्यसको खिल्ली उडाउ । यति खिल्ली उडाउ कि त्यसले प्रतिस्पर्धीलाई रीस उठाओस् र त्यही रीसले ऊ माथि दवाव बढाओस् ।’ 

 

आजको नेपाली अभियानवादले नेपाल राष्ट्रको विचारमाथि हमला गर्दा नेपालका आधारभूत मानक र त्यसको जगमा हमला गरेको छ । नेपालको एकीकरण तीन सय वर्ष अगाडि भयो । त्यो बेलाको इतिहास र सामाजिक संरचनालाई आजको अभियानवादले बेवास्ता गर्छ । शिक्षा र चेतनालाई आजको कसीमा राखेर तीनसय वर्ष अगाडिको इतिहासमा बहस गर्छ । स्वाभाविक हो पृथ्वीनारायण शाह कुनै विश्वविद्यालय गएनन् ।  लेनिन, माओ वा हेगेलका ठेली पल्टाएनन् । नेपाली समाज तीनसय वर्ष अघि सामन्ती नै थियो । यो सब हुँदा हुँदै पनि नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरण पृथ्वीनारायणकै नेतृत्वमा भयो । 

 

भौगोलिक एकीकरण भए पनि भावनात्मक भयो कि भएन भनी प्रश्न उठाउन सकिएला । तर, तीनसय वर्ष पछि पनि आजका तर्क वितर्कमा पृथ्वीनारायणका योगदानको चर्चा हुनुले भावनात्मक एकीकरण पनि थियो भन्न सकिने प्रशस्त आधार छन् । तीन सय वर्षसम्म एकीकृत नेपालको अस्तित्व जोगिएकाले अभियानवादीहरु ठान्छन्– विचारको रुपमा नेपाल राष्ट्रलाई कमजोर बनाउन हान्नु पर्ने ठाउँ त्यसको जगमा नै हो, अर्थात् हमला पृथ्वीनारायण विरुद्ध नै केन्द्रित गर्नु पर्छ । यसो गर्न सके एकीकृत नेपालको परिकल्पना गर्ने आजको राष्ट्रप्रेमी जमातमाथि पनि हमला गर्न सकिन्छ । 


पृथ्वीनारायण पछि नेपालको प्रगति आजसम्म जुन रुपमा हुनु पर्ने हो, त्यो भएन । यो यथार्थ हो । तर, उनले बनाएको जगमा उभिएर अरुले गर्न नसकेको प्रगतिलाई पनि उनकै थाप्लोमा हालीकन आक्रमण गर्नु ज्ञान र तर्कको दुरुपयोग मात्र हो । 

 

प्रचण्ड बाबुराम वर्गसंघर्षका अण्डा हुन् भन्ने भ्रान्तिमा नेपाल राष्ट्रलाई १० वर्षसम्म ‘जनयुद्ध’को ओथारो बसाइयोे । तर, १७ हजार नागरिकको हत्या, दिल्ली दरवारमा हालिएको विन्तीपत्र र अहिले दिल्लीको सिधा दलालीपछि चल्लाको अनुहार खुलेको छ–जनयुद्धको अण्डा भारतले पारेको रहेछ । 


उग्रपन्थी तर्कलाई बलियो बनाउन अलिन्स्कीले सुझाएका अनेक तर्कमध्ये अर्काे छ– प्रतिस्पर्धीलाई यो थाहा हुन देउ कि तिमीसँग साँच्चै शक्ति छ । उनी भन्छन्– शक्तिको स्रोत पैसा र समर्थन हो । सरकारले आर्थिक तर्कका आधारमा र विकासका मुद्दामा नागरिकलाई अपिल गर्नुको मुल कारण उसँग हुने पैसाको शक्तिले नै हो । त्यसैले यस विरुद्ध लड्न अलिन्स्कीले उग्रपन्थी सिद्धान्तलाई ‘रगत र मासु’बाट शक्ति आर्जन गर्न सल्लाह दिएका छन् । यसको अर्थ हुन्छ उग्रपन्थले कुनै पनि नैतिक बन्धनको ख्याल राख्दैन । प्रतिस्पर्धीलाई नैतिकताको पाठ पढाइरहने तर, आफूले त्यसलाई पच्छ्याइरहनु नपर्ने सैद्धान्तिक मान्यतालाई नेपाली अभियानवादीले अनुशरण गरेका छन् । 

 

उग्रपन्थलाई बलियो बनाउन अलिन्स्कीको अर्काे सुझाव छ– विपक्षीको तर्क बलियो छ भने तर्कतिर नजाउ सिधै तर्क उठाउने ब्यक्तिमाथि हमला गर । वर्तमान नेपालको राष्ट्रवादी भावधारामाथि आक्रमण गर्न सबैभन्दा बढी उज्याइएको हतियार पनि यही हो । राष्ट्रप्रेमको भावनालाई कमजोर बनाउन अभियानवादले जबर्जस्ती यसलाई राष्ट्रवादको जामा लगाइदिएको छ । नेपाल राष्ट्र बाह्य हस्तक्षेपबाट जोगियोस्, विभाजित नहोस् भन्ने भावना राष्ट्रप्रेम हो भने नेपाल मात्र राष्ट्र हो अरु सबै बेकार हुन् भन्ने भावना खराव राष्ट्रवाद हो । राष्ट्रप्रेमको भावनालाई कमजोर पार्न ‘महेन्द्रीय राष्ट्रवाद’को संकथन खडा गरिएको छ र आजको नेपाली राष्ट्रियताको भावनामाथि आक्रमण गरिएको छ । त्यसैले तर्कतिर नजाउ तर्क उठाउने ब्यक्तिमाथि हमला गर भन्ने सिद्धान्तको निशानामा अहिले केपी ओली छन् । ओलीमाथि आक्रमण गरिएकै शैलीमा जातिवादी राजनीतिमाथि तर्क गर्ने र प्रश्न उठाउने विचार बाहक विरुद्ध पनि ब्यक्तिगत हमला गरिएको छ ।


तथ्यको जगमा सत्यको निर्माण हुन्छ । तथ्य वरिपरी हुने सूचना वा जानकारीहरु परिवर्तनशील होलान् तर, तथ्य एकैनास रहन्छ । कहिलेकाहिँ सूचना फरक हुँदा सत्य पनि फरक हो कि भन्ने भ्रम रहन सक्छ । तर, तथ्यमाथि प्रकाश पर्नासाथ सत्यमाथि लागेको पर्दा खुलिहाल्छ । हिजो एउटा समय थियो माओवादी ‘जनयुद्ध’ साँच्चै पो हो कि भन्ने लाग्थ्यो । माओवादी पार्टी र उसका विचार प्रवाहकहरुले जारी गरेका सूचनाले त्यसलाई एउटा सत्यको रुपमा स्थापित गर्ने प्रयास गरे । समय क्रममा सूचना भित्र रहेका तथ्य बाहिर निस्के । ब्यक्ति हत्या, निजी सम्पत्तीको लूट, बैंक डकैती र त्यसमाथि भारतीय लगामको सिंगो दृश्य जव आम नागरिकका सामुन्ने आयो, त्यो जनयुद्ध एउटा आततायी सत्य बनेर प्रकट भयो । 

 

राष्ट्रप्रेमको भावनालाई कमजोर पार्न ‘महेन्द्रीय राष्ट्रवाद’को संकथन खडा गरिएको छ र आजको नेपाली राष्ट्रियताको भावनामाथि आक्रमण गरिएको छ । त्यसैले तर्कतिर नजाउ तर्क उठाउने ब्यक्तिमाथि हमला गर भन्ने सिद्धान्तको निशानामा अहिले केपी ओली छन् । 


हाँस आफ्ना अण्डामाथि ओथारो बस्दैन । कुखुरीलाई हाँसका अण्डा ओथारो दिइन्छ । आफ्नै अण्डा ठानेर तीन हप्ता ओथारो बसेकी कुखुरी चल्ला काढिएका दिन चित पर्छे । नेपाल राष्ट्रलाई १० वर्षसम्म जनयुद्धको ओथारो बसाइयो । प्रचण्ड बाबुराम वर्गसंघर्षका अण्डा हुन् भन्ने भ्रान्तिमा नेपाली समाज रह्यो । तर, १७ हजार नागरिकको हत्या, दिल्ली दरवारमा हालिएको विन्तीपत्र र अहिले दिल्लीको सिधा दलालीपछि चल्लाको अनुहार खुलेको छ । 


माओवादी ‘वर्गसंघर्ष’को अण्डा फुटेर भारतीय चल्ला कोरलिएपछि भारत मधेस आन्दोलनको नयाँ ओथारो बसेको थियो । मधेस आन्दोलनको पनि ओथारो अवधी समाप्त हुने विन्दुमा नेपाली समाज पुगेको छ र अहिलेका अभियानवादीहरुको छटपटीको स्रोत त्यही हो । गतवर्ष ‘मधेस आन्दोलन’लाई अधिकारको आन्दोलन ठान्न मधेसवासी यस हिउँदको जाडोमा घूर ताप्दासम्म त्यस आन्दोलनका नाममा इण्डिया हाउस र रन्जित रेले आफ्नो बैना मारेको बुझ्न सक्ने भएको छ । एकपछि अर्काे गर्दै नाटकको पटाक्षेप भइरहेको छ ।  


अलिन्स्कीको सुत्र रटेर अभियानवादलाई संस्थागत गर्ने तरिकाले माओवाद जातिवादमा पतन हुन्छ । आफूलाई माओवादी दावी गर्ने पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्सीबाट ‘अरु सबै खस आर्य खराव तर, म दाहाल असल, पहाडे भन्दा मधेसी राष्ट्रवादी’ भन्ने नश्लीय तर्क गर्न पुग्छन् । यसले देशलाई थप विभाजित बनाउँछ त्यो पनि जातका आधारमा कित्ताकाट गरेर । 

 

प्रधानमन्त्री दाहालको वितण्डाको निरिह साक्षी देउवा–निधि नेतृत्वको कांग्रेस बनेको छ । संसदको ठूलो दल र इतिहास बोकेको पार्टी भए पनि उसको हविगत पुष्पकमलको वितण्डा बोक्ने डोले भन्दा भिन्न छैन । सम्पूर्ण देशले गर्व गर्ने बीपी कोइरालाको देशप्रेमलाई उसले भारत आश्रित ‘दास राष्ट्रवाद’मा परिणत गरेको छ ।


प्रधानमन्त्री दाहालको वितण्डाको निरिह साक्षी देउवा–निधि नेतृत्वको कांग्रेस बनेको छ । संसदको ठूलो दल र इतिहास बोकेको पार्टी भए पनि उसको हविगत पुष्पकमलको वितण्डा बोक्ने डोले भन्दा भिन्न छैन । कुनै बेला सम्पूर्ण देशले गर्व गर्ने बीपी कोइरालाको देशप्रेमलाई उसले भारत आश्रित ‘दास राष्ट्रवाद’मा परिणत गरेको छ । अभियानवादीको लहैलहैमा उसले समेत ‘महेन्द्रीय राष्ट्रवाद’को आरोप लगाउँदै देशभक्तिलाई खिल्ली उडाउन थालेको छ । सत्ताको न्यानोबाट पुष्पकमल, निधि र देउवाको स्वर मिलेको छ । यो स्वरमा नेपाली नागरिक एकताको चिन्ता सुनिदैन । सुनिन्छ त केवल सत्ताको अट्टहास । 


नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले भनेका थिए– यो देश सबै जातको साझा फूलवारी हो । अभियानवादको सुत्र र अलिन्स्कीका विभाजक फर्मूलाले नेपाललाई साझा फूलवारी बनाउँदैन । नेपाल राष्ट्रको विचारलाई मजबूत बनाउन अहिलेको सत्ताका बाहक र त्यसबाट संरक्षित अभियानवादीहरु दास राष्ट्रवादको फन्दाबाट बाहिर निस्कनु पर्छ । 
 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top