देशभक्तिलाई ‘खोक्रो राष्ट्रवाद’को ब्राण्डिङ गर्ने को को हुन् ? 


Thursday, 5 Jan, 2017 12:21 PM

गुरु भट्टराई 
नेपालमा हिन्दुस्तान बिरोधी जनमत रातारात तयार भएको होइन । न त जनतामा पलाएको त्यो भावना कुनै उत्तेजना मात्रै हो । नेपालले इतिहास देखि नै अनेक पटक भारतसँग युद्ध लडेको छ । नेपाली जनताले आफ्नो मुक्तिका खातिर क्रुर राणाशाही बिरुद्ध लड्नु पर्दाको जटिल राजनीतिक परिवेश होस् वा पञ्चायती शासनबाट बाहिर निस्कन जनताले त्यस बिरुद्ध चलाएको आन्दोलनपछि खडा भएको संक्रमणकाल होस् वा ६२–६३ को जन आन्दोलनको उपलब्धीलाई संस्थागत गर्ने क्रममा बेहोर्नु परेको प्रशव पीडाको स्थिती होस्, हिन्दुस्तानले हरेक पटक यसको अवान्छित फाईदा उठाउने जमर्को गरेको छ । अनेक खालका स्वार्थहरु हामी माथि लादेको छ । यती मात्र होइन, लोकतन्त्र संस्थागत गरेर बिकास र उन्नतीमा प्रवेश गर्नु पर्ने नेपाललाई राजनीतिक संक्रमण कालकै दुरुपयोग गरेर अनेक खालका सन्धी र सम्झौतामा हस्ताक्षर गर्न लगाएर हाम्रो हात खुट्टामा जन्जीर कस्ने निरन्तर प्रयत्न भएका छन् । सुगौली सन्धि होस् वा १९५० को असमान सन्धी । तिनै सन्धीको हवाला दिंदै हिन्दुस्तानले गरेका दर्जन भन्दा बढी पत्राचारका सवाल हुन्, यी सबैमा नेपाल र नेपालीलाई जन्जीरले कस्ने र आफ्नो हैकम भित्र मात्र चट्पटाउने स्थिति तयार गर्दै आएको हो । जवजव हिन्दुस्तानका यी अवान्छित चाहनाको प्रतिबाद गर्ने साना भन्दा साना प्रयास भए अनी उसले हामीलाई क्रूर नाकाबन्दी लाद्ने काम पटक पटक गर्यो । अप्रत्यक्ष नाकाबन्दी त कति भए कति, प्रत्यक्ष नाकाबन्दी समेत तीन पटक बेहोरिसकेको छ नेपालले । यी सबै नाकाबन्दी उसको अवान्छित स्वार्थ पूरा गर्न नेपालले नमान्दा लादिएका छन् । नेपाली जनता हिन्दुस्तानको यो रबैयासँग भलिभाती जानकार छन् । त्यसैले नेपालमा हिन्दुस्तान बिरोधी मनोबिज्ञान जनतामा बिकास भएको हो जुन स्वभाविक पनि छ । 

 

इतिहासको कालखन्डमा जे भयो त्यस सत्यलाई बिर्सेर अघि बढांै भन्दा पनि सुख पाइएको छैन । हामीमाथिको दादागिरी निरन्तर चलिरहेको छ । दुनियाँको अगाडि हाम्रो स्वतन्त्र पहिचान, अस्तित्व, सार्बभौमिकता, आत्मसम्मान स्थापित हुँदा पनि हाम्रै एउटा छिमेकी व्यबहारत त्यो स्वीकार्न तयार छैन । उसको स्विकृतिबिना नेपालमा पात पनि हल्लिन सक्दैन भन्ने मनोबिज्ञान आजसम्म बोकेर हिंडिरहेको छ । हामीले चाहेको जम्माजम्मी यति मात्रै हो कि हाम्रो आन्तरिक मामला, उन्नति प्रगतिमा छिमेकी मुलुकले हात नहालोस् । एक अर्काको सार्बभौमिकतालाई स्विकारांै, इतिहासका परीवेशमा भएका र वर्तमानमा असान्दर्भिक बनेका सन्धी सम्झौतालाई वर्तमानको कसीमा अद्यावधिक गरौं, क्षेत्रीय बिकास, उन्नति प्रगतिमा दुबै मुलुकको अधिकतम हितमा काम गरौं । हाम्रो अपेक्षा यति मात्रै हो हिन्दुस्तानसँग । हामीले यति अपेक्षा राख्नु भारतको विरोध हो ? होइन । तर, नेपाली जनताले चाहेको स्वाधीनतालाई भारतको विरोध ठान्नेहरुसँग यहाँ आएर ठूलो मतभेद नेपाल भित्रै छ । भारतको गलत नेपाल नीतिको दोष नेपाललाई दिंदै नेपालीहरुको स्वाधीनताको चेतनालाई ‘अन्धराष्ट्रवाद’ वा ‘खोक्रो राष्ट्रवाद’को उपमा दिने काम भइरहेको छ । देशको घरेलु राजनीतिको समस्या ठ्याक्कै यही हो । जस्तैः देशले तात्तातै ब्यहोरेको नाकाबन्दीलाई भारतको गलत नीति मान्न नसक्ने किशोर नेपालहरु ‘खोक्रो राष्ट्रवाद’को नाम दिएर राष्ट्रिय आकांक्षालाई नङ्ग्याउन टेपरेकर्डर बोकेर केपी ओलीसँग बाझ्न पुग्छन् । हिन्दुस्तानको अन्यायी साम्राज्य खडा गर्न नेपाल भित्र हिन्दुस्तान मात्रै छैन, दशकौं लगाएर हिन्दुस्तानले आफ्नो दीक्षामा हुर्काएको लेखक स्तम्भकारको जमात पनि छ भन्ने यो बलियो उदाहरण हो । हिन्दुस्तान आफ्ना स्वार्थका लागि यहाँ एकका विरुद्ध अर्काेलाई उचाल्छ र त्यसलाई नेपालका शक्तिहरुकै स्वार्थको कलेवर दिएर त्यो प्रबृत्तिले ब्याख्या गर्ने गरेको छ । 

 

स्वाधीनताको यो लहर सारा नेपालीको ढुकढुकी हो, मर्म हो, गौरवपूर्ण इतिहासको रक्षा गर्ने पदचाप हो । केपी ओलीसँग जोडेर गर्न खोजिएको ‘खोक्रो राष्ट्रवाद’को ब्राण्डिङले यसलाई निस्तेज पार्ने प्रयास अव सफल हुँदैन । 


नेपाली जनता हिन्दुस्तानको यो ब्यवहारबाट मुक्ति र आत्मसम्मान खोजीरहेका छन् । यसका निम्ति लडाईं लडिरहेका छन् । आत्मसम्मान, स्वाभीमान र देशको स्वतन्त्र अस्तित्वमै धावा बोल्ने खालको कर्म कुनै बिदेशी वा छिमेकी राष्ट्रले गर्छ भने त्यसको प्रतिबादमा स्वतःस्फूर्त आवाज बाहिर आउँछ । त्यो स्वातस्फूर्त उर्लिएको स्वाभिमानको जनलहरलाई केपी ओलीको मुद्दाका रुपमा ब्यख्या गरी त्यसलाई ‘खोक्रो राष्ट्रवाद’ले सुशोभित गरिएको छ । यस काममा परजीवी मनोबृत्तिका नेपाली लेखक स्तम्भकारलाई हिन्दुस्तानले  प्रयोग गरिरहेको छ । भारतको हस्तक्षेपको पाटो लुकाउन यहाँका नेताहरुको सत्ता झगडाका बनावटी पटकथा बनाएर सोही अननुरुप प्रचार गर्न यस्ता विद्वानहरु प्रयोग भएका छन् । 


यो सत्य हो, इतिहासका केही तथ्यहरुले नेपालीको मनमा रहेको हिन्दुस्तानको दादागिरी बिरुद्धका भावनालाई केही राजनीतिक दलले विगतमा सत्ता र शक्ति आर्जन गर्न क्यास गरे । तर के ती साँच्चै हिन्दुस्तानका गलत रबैयाको बिरुद्ध लडिरहेका थिए ? भारतबाटै हतियार ल्याएर नेपाली भूमिमा भारत बिरुद्ध लड्न भनि खनिएका सुरुङ भारतको रणनीतिक स्वार्थका लागि थियो भन्ने क्रूर सत्य हामी देख्न सक्छौं । माओवादीको कथित जनयुद्धले नेपाली जनताको स्वाभीमानको चाहनालाई चर्को ढंगले दुरुपयोग गर्यो । तर माओवादीले हिन्दूस्तानका बिरुद्ध नारा लगाईरहंदा ती हिन्दुस्तानमै पालिएका थिए, अधिकांश सभा सम्मेलन उतै गर्थे । खुलमखुला हिन्दुस्तानी खुफिया एजेन्सीसँग बसेर रणनीति बनाउँथे । हिन्दुस्तानी सरकारलाई विन्तिपत्र हालेर ‘हामी तिम्रो अहित हुने वा तिमीलाई असर पर्ने कुनै काम गर्दैनौ’ भनेर वाचा गर्थे । त्यसवापत गोला बारुध, लत्ताकपडा, राशन पानी सबै उतैबाट पाउँथे । यो कुनै आरोप होइन माओवादीका अनन्य मित्र मानिएका एसडी मुनीले सम्पादन गरेको पुस्तकले बोलेको कुरा हो । 

 

बिदेशिले फल्ना फल्नाका माग पूरा गर, हैन भने तिम्रो संबिधानको ‘अक्नोलेज’ गर्दिन भन्नु कति तर्कसंगत र जायज ठहरिन्छ ? तर, हाम्रा केही यस्ता विद्वान छन् जसले भारतको यो ब्यवहारलाई जायज ठान्छ, नाकाबन्दीलाई जायज ठान्छ र त्यस नाममा भएको हस्तक्षेप अस्वीकारलाई ‘खोक्रो राष्ट्रवाद’ भन्दै केपी ओलीतिर लगेर टाँस्छ ।  


आज नेपालको सत्ता बाहिर बसेर होस् वा सत्ता भित्रै बसेर होस्, केपी ओलीले हिन्दुस्तानको रबैया सच्याउनु पर्छ र हाम्रो स्वतन्त्र हैसियत, सार्बभौमिकता, आत्मसम्मानको सम्मान गरिनु पर्छ भन्नुलाई विगतको त्यही भद्दा सुरुङ् युद्धसँग जोड्ने धृष्टता किमार्थ गर्न सकिंदैन । हिन्दुस्तानकै प्रायोजनमा र उसैका हतियारको साथमा चलेको सुरुङ युद्ध र नेपाल–भारत समान हैसियतको वकालत उस्तै हुनै सक्दैन । यी दुवै कुरालाई समान धरातलमा उभ्याउने प्रयास तिनैले गरेका छन् जसले हिजो भारतीय प्रायोजनको सुरुङ युद्धलाई मुक्ति युद्ध भने र त्यसको पर्याप्त लाभ हिन्दुस्तानलाई दिलाए । 


केपी ओलीले सरकारमा बसेर हिन्दुस्तानको हेपाइबाट मुक्ती पाउन दुनियाँले देख्नेगरी ऐतिहासिक कदमहरु चाल्नु नेपाली जनताको भारत बिरोधी मनोबिज्ञान दुरुपयोग गर्नु हो ? ‘खोक्रो राष्ट्रबाद’ हो ? राष्ट्रियता राष्ट्रको हुन्छ जसभित्र जनता पनि पर्छन् । सामान्य अवस्थामा जनताको राष्ट्रप्रतिको माया र जिम्मेवारी बोध नै राष्ट्रियता हो । तर, बिषय जव कुनै पराया मुलुकले हाम्रो भूगोल भित्रको भौतिक उपस्थितिमै प्रश्न खडा गर्ने ढंगले आउछ भने त्यसबेला आन्तरिक र सामाजिक राष्ट्रियताको कुरा मात्र गरेर पुग्दैन । हामी सबै भन्दा पहिले दुनियाँले धर्तिको बिशेष भूगोल भित्रको हाम्रो स्वतन्त्र अस्तित्वलाई सम्मान गरोस् भन्ने ठान्छौ, त्यसपछि मात्र हामीले कुरा गर्ने आन्तरिक राष्ट्रियता र राष्ट्रबादको अर्थ हुन्छ । 

 

 

महेन्द्रका कदम हिन्दुस्तानको अनुकुल नहुँदा भुत्भुतिएर ब्रान्डिङ गरिदिएको महेन्द्रीय राष्ट्रबादको हल्लाले नेपालको राष्ट्रियता कमजोर पार्ने, स्वाभीमान र आत्मसम्मानमा बुट बजार्ने प्रयत्न हिन्दुस्तान र उसले पालेका लेखक स्तम्भकारले नगरे हुन्छ । न त नेपाली जनताको देश भक्तिको भावनालाई ओलीको ‘खोक्रो राष्ट्रबाद’ भनेर ब्रान्डिङ गर्दैमा नेपालको राष्ट्रियता मर्नेवाला नै छ ।


हामीले हाम्रो संबिधान जारी गर्नको निम्ति लोकतान्त्रिक बिधिबाट जनप्रतिनिधी चयन गर्यौ । मुलुकमा बिभिन्न राजनीतिक सोच र चिन्तन भएका साना ठूला अनेकन शक्तिहरु बिद्यमान छन् । सबैका चिन्तन एक अर्कासँग समान वा नबाझिने भए सबैका चाहना समेटेर संबिधान नामको एउटा ढड्डा तयार गरिदिनु हुन्थ्यो । लोकतन्त्रमा भिन्न बिचार  समुह हुन्छन् । तर कमसेकम दुई तिहाइले स्वीकार गरेको बिषय मात्र संबिधानको अङ्ग बनाइनु पर्छ भनेर चुनावमा गयौं । दुई तिहाइ वा त्यस भन्दा माथिका जनप्रतिनिधिले जे जे बिषय राजनीतिक लेनदेन गरेर राजनीतिक दस्तावेज तयार गरे त्यही बिषय संबिधानको अङ्ग बन्यो । लोकतन्त्रमा विश्वास गर्ने निर्वाचनमा भाग लिने, प्रतिस्पर्धा गर्ने, अनि चित्रबहादुर केसी देखी कमल थापा, बैद्यदेखि बिप्लब, राजेन्द्र महतो देखि सिके राउत सम्मका परस्पर चाहना र मुद्दा यो संबिधानमा किन अटेनन् भनेर कसैले संबिधान मान्दिन भन्छ भने त्यो कस्तो लोकतन्त्र हो ? अझ बिदेशिले यी र यस्तै बिषय उठाएर फल्ना फल्नाका माग पूरा गर, हैन भने तिम्रो संबिधानको ‘अक्नोलेज’ गर्दिन भन्नु कति तर्कसंगत र जायज ठहरिन्छ ? तर, हाम्रा केही यस्ता विद्वान छन् जसले भारतको यो ब्यवहारलाई जायज ठान्छ, नाकाबन्दीलाई जायज ठान्छ र त्यस नाममा भएको हस्तक्षेप अस्वीकारलाई ‘खोक्रो राष्ट्रवाद’ भन्दै केपी ओलीतिर लगेर टाँस्छ ।  

 


यिनै बिषयको पृष्ठभूमीमा संविधान संशोधनका बिषय आएका छन् । तर संबिधान संशोधन गर्न तम्सिएका कुनै पनि सत्ताधारी दलले यसको औपचारिक स्वामित्व ग्रहण गर्ने आँट गरेका छैनन् । जनता स्वतःस्फूर्त रुपमा यसका बिरुद्ध सडकमा आएका छन् । त्यसैले पनि तिनले औपचारिक रुपमा आफ्नो दलको एजेन्डा नबनाई लटपट्याउने नियत राखिरहेका छन् । प्रमुख प्रतिपक्षी लगायत ९ वटा पार्टीका एक तिहाइ भन्दा बढी सदस्यले औपचारिक रुपमा यसको प्रतिबाद गर्दै आएका छन् । सत्ताधारी राप्रपाले यो संशोधनलाई राष्ट्रघाती भनेर निर्णय गरेको छ ।  सत्ताधारी दलका नेता चन्द्र भण्डारी, धनराज गुरुङ, टोपबहादुर रायमाझीहरु बिदेशीसँग आत्मसमर्पण गर्नु भन्दा कथित महेन्द्रीय राष्ट्रबाद स्वीकार छ भन्दै सडक संघर्षमा छन् । जनता स्वतस्फूर्त रुपमा यसका बिरुद्ध सडकमा उर्लिएका छन् । सामाजिक सञ्जालदेखि बिभिन्न संचार माध्यमद्वारा देश तथा बिदेशमा रहेका नेपालीहरु यसको खरो प्रतिबादमा उर्लिएका छन् । तर सरकार संबिधानको सर्वस्वीकार्यता बढाउने भन्दै मधेशका जनताले तिरस्कार गरेका केही मधेशी जमिन्दारहरुको असन्तुष्टिको हवाला दिदै हिन्दूस्तानको एजेन्डा संबिधानमा नलेखी नछोड्ने र नेपाललाई दीर्घकालीन योजना अनुरुप प्यारालाइज गराउने बाटोमा उद्यत छ । यसको बिपक्षमा उर्लिएका सारा जनता, नेता, दलहरुको प्रतिबादलाई ‘खोक्रो राष्ट्रबाद’ को विल्ला भिराइएको छ । जनमत गुमाएका केही मधेशी जमिन्दारहरु डिनरमा बोलाइएर लैनचौरमा धारणा निर्माण गर्ने, देउबा, निधि, महरा, प्रचन्डसँग कोठे बैठकमा बस्ने, अनि त्यस अनुरुप संबिधान संशसोधन गरेर यसको सर्वस्वीकार्यता बढाउने जस्ता हास्यास्पद दृश्य आम नेपाली जनताले चनाखो भएर हेरिरहेका छन् । 

 

सरकार निर्माण गर्न हिन्दुस्तानसँग गरेका वाचा बन्धन पूरा गरे संबिधानको स्वीकार्यता बढ्छ, यसको बिपक्षमा लागे ‘ओलीको खोक्रो राष्ट्रबाद’ झल्किन्छ भनेर हल्ला गर्ने हल्लाखोरहरुले के बुझ्नु जरुरी छ भने मुलुकको राष्ट्रियता, सार्बभौमिकता, जनताको स्वाभीमान र आत्म सम्मानको मुद्दा ‘ओली ब्रान्डिकरण’ गरेर कमजोर हुनेवाला छैन । 


९३ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संबिधान लैनचौरको भतेर खाएर मुलुकलाई आजै बिखन्डन गर्छौं भोलि नै बिखण्डन गर्छौ भन्ने केही मधेसी जमिन्दारको चाहनामा घिसारेर कस्तो सर्वस्वीकार्यताको अपेक्षा गरिएको हो ? बुझ्न कठिन छैन । माकेनेकाले सरकार निर्माण गर्न हिन्दुस्तानसँग गरेका वाचा बन्धन पूरा गरे संबिधानको स्वीकार्यता बढ्छ, यसको बिपक्षमा लागे ‘ओलीको खोक्रो राष्ट्रबाद’ झल्किन्छ भनेर हल्ला गर्ने हल्लाखोरहरुले के बुझ्नु जरुरी छ भने मुलुकको राष्ट्रियता, सार्बभौमिकता, जनताको स्वाभीमान र आत्म सम्मानको मुद्दा ‘ओली ब्रान्डिकरण’ गरेर कमजोर हुनेवाला छैन । 


स्वाधीनताको यो लहर सारा नेपालीको ढुकढुकी हो, मर्म हो, गौरवपूर्ण इतिहासको रक्षा गर्ने पदचाप हो । केपी ओलीसँग जोडेर ‘खोक्रो राष्ट्रवाद’को ब्राण्डिङले यसलाई निस्तेज पार्ने प्रयास अव सफल हुँदैन । हिन्दुस्तानले इतिहासमा नेपालमाथि चलाउँदै आएको हस्तक्षेप र दादागिरी बिरुद्ध तात्कालीन राजा महेन्द्रले चालेका कदम नेपाल र नेपालीको हितमा थिए, त्यसलाई परास्त गर्न नसक्दा हिन्दुस्तानले महेन्द्रको कदमलाई ‘महेन्द्रिय राष्ट्रबाद’ भनेर भन्ने गरेको हो । आज त्यो भन्दा उच्चतम ढंगले सारा जनताले हिन्दुस्तानको दादागिरी अन्त गर्ने कुरा गर्दा उसका नेपाल स्थित खेतालाहरुले यसलाई त्यही शब्द सापटी लिएर ‘महेन्द्रिय राष्ट्रबाद’ भनिरहेका छन् । हो, प्रजातन्त्र खोस्ने महेन्द्रको ब्यवहारलाई किमार्थ स्वीकार्न सकिंदैन । तर, उनले देशको स्वाधीनताका लागि चालेका कदमको विरोध गर्न पनि सकिंदैन । जसले गर्छ त्यो हिन्दुस्तानको प्रायोजित भाषा हो ।  हिम्मत भए ती पबृत्तिले ‘महेन्द्रीय राष्ट्रबाद’को परिभाषा लगाएर देखाउन् । हामी आम जनता महेन्द्रको आन्तरिक शासन पद्धतिलाई समर्थन गर्दैनांै, तर उनले हिन्दुस्तानको दादागिरी बिरुद्ध जसरी मुकाविला गरे त्यसमा गर्व गर्छौं । त्यसैले महेन्द्रका कदम हिन्दुस्तानको अनुकुल नहुँदा भुत्भुतिएर ब्रान्डिङ गरिदिएको महेन्द्रीय राष्ट्रबादको हल्ला पिटेर नेपालको राष्ट्रियता कमजोर पार्ने, स्वाभीमान र आत्मसम्मानमा बुट बजार्ने प्रयत्न हिन्दुस्तान र उसले पालेका लेखक स्तम्भकारले नगरे हुन्छ । न त नेपाली जनताको देश भक्तिको भावनालाई ओलीको ‘खोक्रो राष्ट्रबाद’ भनेर ब्रान्डिङ गर्दैमा नेपालको राष्ट्रियता मर्नेवाला छ ।
 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top