काठमाडौं २१ कात्तिक – काठमाडौं– निजगढ द्रुतमार्ग ९फास्ट ट्रयाक० का आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको जिम्मेवारी खोसिएको छ ।

द्रुतमार्ग निर्माणमा अनियमितता भएको भन्दै रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको हो ।

द्रुतमार्ग निर्माणमा अनियमितता भएको भन्दै रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा उजुरी परेपछि श्रेष्ठलाई जिम्मेवारीमुक्त गरिएको बताईन्छ । 


स्रोतका अनुसार प्राविधिक उपरथी योगेन्द्र खाँड आयोजना प्रमुख भएको बेला अनियमितता भएको भन्दै उजुरी परेको थियो । खाँडले १३ असारमा अनिवार्य अवकाश पाइसक्नुभएको छ ।  त्यसपछि श्रेष्ठ आयोजना प्रमुख बन्नुभएको थियो । 

अहिले प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गमा भएको भनिएको अनियमिताबारे छानविन गर्न बलाधिकृत रथी शरद गिरीलाई छानविन गर्ने जिम्मेवारी दिएका छन् । गिरीको टोलीले छानविन थालेलगत्तै श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ ।

खाँडले आयोजनाको नेतृत्व गरेका वेला श्रेष्ठ डिजाइन इञ्चार्ज भएकाले उहाँ पनि छानविनमा तानिएको  स्रोतको दावीछ ।