मस्को, २२ असार– विश्वकप फुटबलको सेमिफाइनलमा बेल्जियम र फ्रान्स पुगिसकेका छन् । शनिवार पनि दुई क्वाटर फाइनल खेल हुनेछन् । पहिलो खेल इग्ल्याण्ड र स्वीडेन बीच हुनेछ् भने दोस्रो खेल रुस र क्रोएशिया बीच हुनेछ । 

इग्ल्याण्डले १९८६ मा विश्वकप जितेको थियो । तर यूरो २०१६ मा भने आइसल्याण्डसँग हार्न पुगेको थियो । तरपनि, यो विश्वकपमा भने इग्ल्याण्डका हैरी केनको अगुवाईमा इग्ल्याण्डको अहिलेसम्मको प्रदर्शनलाई सानदार मान्नुपर्छ । आज ईग्ल्याण्डको कोशिश भनेको स्वीडेनलाई हराउँदै विश्वकप विजेताबन्ने यात्रामा अझै अघि बढ्नु हुनेछ । । दोस्रो, पहिलो पटक  क्वार्टर फाइनलमा पुगेको रुस पनि आफ्नो घरेलु मैदानको फाइदा उठाउन चाहान्छ । क्रोशिया विरुद्व रुस कहिल्यै बिजयभने भएको छैन । तर पनि तीन सालदेखिरुस क्रोशियासँग हारेको पनि छैन । 

स्वीडेनको सामु इग्ल्याण्डको आक्रमण रोक्ने चुनौतीः 
स्वीडेनको डिफेंस एकदमै बलियो  छ । यो देख्नुछकि के स्वीडेनका खेलाडी इग्ल्याण्डको मजबुद आक्राण रोक्न सफल होलान ? यसै पनि यी दुई देश बीच भएका प्रतियोगिताहरुमा इग्ल्याण्डले स्वीडेनलाई डेढ गुना षेल गरेको इतिहास छ । 

यी दुई टिमको यो २५ औं खेल हो । यी मध्नदा पहिला भएका २४ खेलमा  ईग्ल्याण्डले ८ पटक र स्वीडेनले ७ पटक  खेल जितेका छन् । ९ खेल भने बराबरी भएका थिए । स्वीडेन र इग्ल्याड बीच विश्वकपमै भने योभन्दा पहिला दुई खेल भएका थिए । 

२००२ मा भएको खेल १–१ र २००६ मा भएको खेल २–२ को बराबरीमा सकिएको थियो । स्वीडेनको टिम  ५ औं पटक विश्वकपको क्वार्टर फाइनलमा खेलिरहेको छ । योमन्दा अघिका चार क्वाटरपाmइनल (१९८३,१९३४,१९५८ र १९९४) मा उस्ले क्वार्टर फाइनल खेलेको थियो । यी खेलमध्ये उस्ले ३ खेल जितेको रेर्कड छ । उस्ले १९३४ मा जर्मनीसँग हारेको थियो । इग्ल्याण्ड १२ बर्षपछि फाइनलमा पुगेको हो । उ १९९० मा विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । त्यो बेला उस्ले क्वाटरफाइनलमा केमरुनलाई ३–२ ले हराएको थियो । 

क्रोएशिया विरुद्व रुस पहिलो जितको प्रतिक्षामाः
रुस र क्रोएशिया बचि आजसम्म ३ पटक खेल भएका छन् जसमध्ये दुई खेल बराबरीमा सकिए भने १ मा क्रोशियाले जितेको थियो । २०१५ मा भएको एक मैत्रिपूर्ण खेलमा क्रोएशियाले ३–१ को जित हात पारेको थियो  सोभियत संघबाट अलग भएपछि रुस पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ । 

सेभियतसंघ हुँदाको बखत  उस्ले १९५८ देखि १९७० सम्म लगातार ४ पटक क्वाटर फाइनल खेलेको थियो । क्रोशिया दोस्रो पटक क्वाटर फाइनलमा पुगेको हो । योमन्दा पहिला १९९८ मा उ सेमिफाइनलसम्म पुगेको थियो । त्यो बेला क्रोशियालाई फ्रान्सले २–१ गोलले हराएको थियो । क्रोशियाले यो विश्वकपमा ४ खेलमा ८ गोल गरेको छ । योमन्दा अघिको विश्वकपमा (२०१०,२०१४) मा उस्ले ६ खेल खेलेको थियो जस्मा ८ गोल मात्र गरेको थियो । 

प्रतियोगिता अघि  बरिष्ठ खेलाडीको ट्वीट यद्वः
स्वीडेन र इग्ल्याडको खेलभन्दा पहिला दुबै टिमका अग्रजहरु बीच ट्वीटर युद्घ चलिरहेको छ ।  स्विडेनको टिमबाट विश्वकप खेलिसकेका चुके जलाटन इब्राहिम बीचले डेविट बेकहमको ट्वीट गरी भनेका छन् “यदी इग्ल्याण्ड जित्यो भने दुनियामा तिमी जहाँ चाहान्छौ म त्यहाँ  म तिम्लाई डिनर दिनेछु ।  यदी सवीडेन जित्यो भने  म जहाँ चाहान्छु त्यहाँ डिनर तिम्ले दिनुपर्नेछ” । जफाफमा बेकहमले ट्वीट गर्दै भनेका छन् “ यदी स्विडेन जित्यो भने लज एंजिलिसमा तिमी जहाँ चाहान्छौ म तिम्लाई घर किनिदिन्छु । यदी हामी( इग्ल्याण्ड) जित्यो भने चाँहि  म चाहान्छु कि तिमी वेम्बले स्टेडिममा इग्ल्याण्डको टी सर्ट पहिरिएर हाम्रो टिमको खेल हेर र हाफ टाइममा फिस र चिप्ससँगै आनन्द लेउ ।