काठमाडौं, २१ मंसिर–माल्दिभ्स विरुद्ध नेपालले जित हात पारेको छ । १३ औं साग अन्तर्गतको पुरुष फुटबलमा शनिवार रंगशालामा सम्पन्न खेलमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको हो । शुरुवाती अग्रता बनाएको माल्दिभ्स विरुद्ध कमव्याक गरेको नेपाली टोलीले दुई गोल गरेको थियो ।

माल्दिभ्स विरुद्ध नेपाल २–१ ले बिजयी भएको हो । पहिलो हाफको १८ औं मिनेटमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल २.१ ले विजयी भएको हो ।

४२ औं मिनेटमा अभिषेक रिजालले गोल गरेपछि नेपाल माल्दिभ्ससँग बराबरीमा पुगेको थियो । ५२ औं मिनेटमा अनन्त तामाङले गोल गरे ।

त्यसपछि कुनै गोल हुन सकेन र नेपाल बिजयी भयो । जीतसँगै नेपाल अंक तालिकामा सात अंक रहेको छ । नेपालले अव बङ्गलादेशसँग भोलि खेल खेल्ने छ ।