काठमाडौँ, २४ मङ्सिर - संघीय संसद्का सांसद तथा सचिवालयका कर्मचारीबीच आज भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको टिम विजय हुन सफल भएको छ । 

दशरथ रंगशालामा आज भएको खेलमा सचिवालयका कर्मचारीको टिमले सांसदहरुलाई ४-० गोलले पराजित गरेको छ । संसद्‍ सेवा दिवस (मंसिर २८ गते) को अवसरमा सांसद र कर्मचारीहरू बीच  मैत्रीपूर्ण फुटबल खेलेको आयोजना गरिएको हो ।

कर्मचारीहरूका तर्फबाट सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सांसदहरूका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेतृत्व गर्नुभएको थियो ।

त्यस्तै आज ३ बजे १३औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदकका लागि आयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।