काठमाडौं, साउन २५ – नेपालको उधोगमा ५५ अर्बको वैदेशिक लगानी भित्रिएको छ । उधोग विभागका तथ्याकं अनुसार असारसम्मको समयमा सबैभन्दा बढी लगानी चीनबाट भित्रिएको छ । चीनले आर्थिक वर्ष २०७४/७५ असारसम्मको समयमा १ सय ६० वटा उधोग दर्ता गरेको छ जसको कुल लगानी ४६ अर्ब ५० करोड ६ लाख रहेको छ ।

चीनले यो वर्षको सुरुवाती समयमा गत आर्थिक वर्षभन्दा करिब ४० अर्बभन्दा बढी रकम नेपालमा लगानी गरेको हो । चीनले गत आर्थिक वर्ष ६ अर्ब ३२ करोड ६ लाख लगानी गरेको थियो ।

नेपालका लागि दोस्रो ठूलो लगानीकर्ता भनेको भारत रहेको छ । उसले ५३ वटा उधोग दर्ता गर्दै ५ अर्ब ९८ करोड लगानी गरेको छ । लगानीको तेस्रो स्थानमा भने अमेरिका रहेको छ उसले ३५ वटा उधोगमा १ अर्ब ८८ करोड लगानी गरेको छ ।

असारसम्मको तथ्याकं हेर्दा नेपालमा लगानी गर्न जापान, दक्षिण तथा उत्तर कोरियाल फ्रान्स लगायत कुल ४५ मुलुकले उधोग सञ्चालनको लागि स्वीकृति लिई सकेको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो समय नेपालीमा लगानी गर्न चाहना विदेशी राष्ट्रको संख्या बढ्दै गएको जनाएको छ ।

हाल विदेशी लगानीकर्ताको आकर्षक क्षेत्र भने उर्जा क्षेत्र रहेको छ भने सेवा क्षेत्र भने खुम्चिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा उर्जा क्षेत्रमा ३६ अर्ब २५ करोड १ लाख रुपियाँ बराबरको उधोग र ६ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको म्यानुफ्याक्चरिङ उद्योग दर्ता भएको छ । अन्य उधोगहरुमा भने उत्पादन, पर्यटन र सेवा क्षेत्रका दर्ता भएका छन् ।

यस वर्ष २ अर्ब १७ करोड ३ लाख रुपियाँ बराबरको मात्र उद्योग दर्ता भएको छ । दर्ता भएका वैदेशिक लगानीको उद्योगमा १३ हजार ८ सय ९९ जनाले रोजगारी पाउनेछन् । जसमध्ये सबैभन्दा बढी चीनियाँ लगानी रहेको उधोगमा ६ हजार ३ सय ६९ जनाले रोजगार पाउनेछन् ।