काठमाडौं, २६ पुस – गृह मन्त्रालयले सन् २०१८ मा अध्यागमन कानुन उल्लंघन गर्ने ७ सय १ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । 

भिसा अवधिभन्दा बढी बसेका र फरकफरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको हो । 

गृह मन्त्रालयले सन् २०१३ मा २ सय २०, २०१४ मा १ सय ९१, २०१५ मा २ सय ८१, २०१६ मा २ सय ९७ र २०१७ मा ४ सय ३५ जना ओभर स्टे भएका विदेशीलाई निस्कासन गरेको  थियो । सन् २०१४ मा ओभर स्टे भएका विदेशीको संख्या केही कम देखिए पनि त्यसपछि भने योक्रम बढ्दो छ ।

निस्काशित विदेशी नागरिकहरु माथि धर्म परिवर्तनमा संलग्न भएको, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र भिसाबिना बसेका आरोप छ ।