काठमाडौ, ११ असार– गायक शम्भु राई र प्रकाश सपुतबीच केही समयदेखि चर्किएको ‘गलबन्दी’ गीतको विवाद टुंगिएको छ।

‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेको भन्दै शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए ।

प्रकाश सपुत र शम्भुराई बीच ४ बुँदे सहमति भएपछि अब यो विषय यही टुंगिएको छ। गायक राईले गीतमा ‘क्रियशन शम्भु राई’ र ‘रि–क्रियशन’ प्रकाश सपुत राख्नेगरी सहमति भएको हो।

गीतको आर्थिक पाटो भने सपुतकै स्वामित्वमा रहनेगरि सहमति भएको छ ।