काठमाडौं, २२ मंसिर–गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जित्नुभएको छ । उहाँले पौडीको चारसय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गर्नुभएको छ ।


सातदोबाटोमा सम्पन्न महिला पौडीतर्फको चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गर्नुभयो । उहाँले भारतीय पौडीवाज शिवांगी शर्मालाई पराजित गर्नुभयो । शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गर्नुभयो । उहाँ रजत पदकमा चित्त बुझाउनुभयो । बङ्गलादेशकी रमुदी सहाराले कास्य पदक जित्नुभयो ।  यससँगै जारी सागमा स्वर्ण संख्या ४५ पुगेको छ ।