पोखरा, २४ असोज –  कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । बुधबार बिहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो ।

अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो  ।

थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए । शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोलीले पिछा गरी थापालाई घुँस रकम सहित पक्राउ गरेको हो ।