नाफाः पुँजीवादको समग्र सार 
पुँजीवादी अर्थतन्त्र भनेको मुख्यतः नाफा अर्थतन्त्र हो । यदी  नाफा भन्ने चीज नहुने हो भने त्यहाँ पुँजीवाद रहदैन । त्यसैले नाफा पुँजीवादको रक्तसंञ्चार हो । आज पक्ष र विपक्षमा विभाजित भएर सिङगो विश्व यही नाफाको पछाडी दौडिएको छ । उत्पादक शक्तिको परिचालन, उत्पादन सम्वन्ध र वितरणको व्याख्या र विश्लेषण पनि यही नाफाको वरिपरी केन्द्रीत छन । यो नाफालाई केन्द्र भागमा राखेर संसारमा विभिन्न राजनीतिक वादहरु, शासन प्रणालीहरु स्थापित भएका छन । फरक यति हो, कसैले पुँजीवादका विभिन्न स्वरुप र नाममा यही नाफा र नाफाको भण्डारणलाई प्रश्रय दिन्छन भने कसैले उपभोगकालागि उत्पादन गरिएको मालहरुमा नाफाको कुनै गुञ्जायस नहुने र त्यसमा वितरण र उपभोगमा सवैको पहँुचको वकालत गर्दछन । 

करीव ६ सयबर्षको पुरानो इतिहास वोकेको यो पुँजीवादले बाणिज्यवादबाट आफनो यात्रा शुरु गरयो । कच्चा पदार्थहरु जम्मा गर्ने, त्यसलाई आफनो देशमा उत्पादन गर्ने र उत्पादित तयारी वस्तुहरुको बजार खोज्ने र त्यसलाई सधैभरि नियन्त्रण राखिरहने आर्थिक नीतिले उपनिवेशलाई जन्म दियो । जसकाकारण विश्वका अधिंकाश मुलुकहरु औपनिवेशिक मुलुक वने । वाणिज्यवादलाई सफल प्रयोग गर्न सफल वेलायत लगायत केही युरोपेली देशहरु यही वाणिज्यवादको जगमा वस्तु तथा सेवाको अधिक मागकाकारण औँधोगिक पुँजीवादमा समेत फड्को मार्न सफल भए । तर दोस्रो विश्वयुद्ध (१९४५) को अन्त्यसँगै जव औपनिवेशिक राष्ट्रहरु स्वाधिन राष्ट्र वन्दै गए । औपनिवेशिक अवस्थामा रहेका राष्ट्रहरु स्वाधिनमात्र वनेनन्, यी राष्ट्रहरुले स्वाधिन अर्थतन्त्र निर्माणको दिशामा पनि अगाडी वढन शुरु गरे । जसले पुँजीवादको अन्र्तराष्ट्रिय प्रवाहमा व्रेक लगायो, पुँजी र सेवाको अन्तराष्ट्रिय वजारको नियन्त्रण समेत गुमाउदै गएको अवस्थामा वाणिज्यवादी र औधोगिक पुँजीवादको अभ्यास गरिरहेका देशहरु औपनिवेशिक देशहरुवाट कच्चा पदार्थ र श्रमको दोहन गर्दै जम्मा गरेको नाफा र नाफाको भण्डारण संकटमा परयो । मुख्य रक्त सञ्चार नाफामै असर गरेपछि सिङगो त्यतिवेला पुँजीवादमै धक्का पर्नु स्वाभाविक नै थियो । त्यतिवेला बाणिज्य र औधोगिक पुँजीवाद संकटमा परयो । त्यहीवेला यसको विकल्पमा विश्वका हरेक देशहरुमा समाजवादी अर्थव्यवस्थाकालागि लडाइहरु भए र सोभियत संघले पहिलो विश्वयुद्धपछि लागु गर्न सफल समाजवादी अर्थव्यवस्थाको मोडेललाई चीन लगायत पुर्वी योरोपका कतिपय देशहरुले लागु गर्न सफल भए । 

पुँजीवादको पछिल्लो अस्त्र नवउदारवाद र विश्वव्यापीकरणका मान्यताहरुलाई कोरना भाइरसले ठाडै अस्वीकार गरेपछि यसले सीर्जना गरेको श्रम र मालको अन्र्तराष्ट्रिय प्रवाह रोकिनु स्वाभाविक नै हुन्छ । कोरनाले विश्व एकग्रामको मान्यतालाई अस्वीकार गर्ने भएकोले त्यहाँ परनिर्भरता वा अन्र्तनिर्भरताको कुनै गुञ्जायस रहदैन । त्यसैले यसको विकल्प स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण भन्दा अरु विकल्प हुन सक्दैन ।

स्वरुप वदलेर संकट टार्दै गरेको पुजीवाद 
वाणिज्यवाद र औद्योगिक पुँजीवादलेमात्र समग्र पुँजीवादी व्यवस्थालाई वचाउन मुस्किल भएपछि यसले आफनो स्वरुप बदल्यो । पुँजीवादको स्वरुप वदल्न र यसलाई वचाउन विश्व बैक, विश्व व्यापार संगठन, अन्र्तराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाहरु जन्माइयो । जसले राजनीतिकस्वरुपमा होइन, आर्थिक र सामाजिकरुपमा भुमण्डलीकरण वा विश्वव्यापीकरणकोरुपमा वस्तु तथा सेवाहरुको अन्र्तराष्ट्रिय प्रवाहलाई अगाडी वढायो । कमजोर राष्ट्रहरुवाट श्रम र कच्चा पदार्थको दोहन गर्दै लोककल्याण र सेवाका नाममा अन्तराष्ट्रिय वजार कव्जा गर्दै यी देशहरुले धनी देशहरुलाई धनी वनाउने काम गरिरहे । समग्रमा पुजीवादको सेवा गरिरहे । अर्कोतिर  सैद्धान्तिक हिसावले राज्यको कमजोर नियन्त्रण र नीजिक्षेत्रको विस्तारित र व्यापक भुमिकासहितको बजार अर्थतन्त्र सहितको उदारवादी पुँजीवादको निर्माणमा एडम स्मिथहरु लागे । वितिय पुजिवादका माध्यमवाट लोककल्याणकारी अर्थतन्त्रको निर्माणमा किन्सहरु लागे । जसले नाफालाई नै केन्द्रमा राखेर उदारवादी र लोककल्याणकारी पुजीवादका नाममा पुजीवादको संकट टार्ने काम गरे । 

कोरनाको प्रभावः संकटमा भुमण्डलीकरण 
पछिल्लो अवधिमा नवउदारवाद, भुमण्डलीकरण र स्वतन्त्र व्यापारको मन्त्रकाकारण बाँचेको पुँजीवाद पटक पटकको संकट टारेर वौरिदै आएको छ । चाहे त्यो पहिलो विश्वयुद्ध वा १९२९ को विश्वको आर्थिक मन्दी र दोस्रो विश्वयुद्ध पछिको आर्थिक संकट होस् वा चाहे २००८ मा वितिय पुँजिवादमा देखिएको संकट होस, पुँजीवादले कुनै न कुनै रुपमा यसको रुप वदल्दै बौरिने अवसर पाइरहेकै छ । तर माल तथा सेवाहरुको अन्र्तराष्ट्रिय प्रवाहको जग हल्लाइरहेको यो कोरोना भाइरसले निम्त्याएको पँुजीवादी संकट कसरी टार्ने भन्ने पुँजीवादी अर्थशास्त्रीहरुको टाउको दुखाईको भने अहिलेसम्म कुनै औषधी पता लागेको छैन । 

नेपालले परनिर्भरताको वैशाखीलाई सदैव फालेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा आफना श्रम र स्रोतहरुको परिचालनमार्फत उत्पादनमा जोड दिनै पर्दछ । यसका लागि कोरनाविरुद्धको सचेतनताको लडाईमा मात्र होइन, आत्मनिर्भर उत्पादनमार्फत समृद्ध नेपाल निर्माण गर्ने काममा समेत अव हरेक नेपालीले कसम खानै पर्दछ । 

पुँजीवादको पछिल्लो इन्जिनकोरुपमा रहेको भुमण्डलीकरण अर्थात स्वतन्त्ररुपमा वस्तु तथा सेवाहरुको अन्र्तराष्ट्रिय प्रवाह आज कोरना भाइरसका कारण क्षयीकरणको अवस्थामा रहेको छ । विश्वव्यापीकरणको मुख्य साधनकारुपमा रहेको स्काई इकोनोमी अर्थात आकास अर्थतन्त्र प्राय ठप्प छ । कनेक्टीभिटीका अन्य आधारहरु सामुन्द्रीक मार्गहरु, क्रस वोर्डर रेल्वे सेवाहरु ठप्प हुदाँ यसले माल र सेवाको अन्र्तराष्ट्रिय प्रवाहलाई रोकेको छ । भरनिर्भरताकाको सिद्धान्त आविष्कार गरेर एक देशलाई अर्को देशसँग निर्भर वनाउने नीतिहरुलाई यतिवेला कोरोनाले गतिलो झापड हानेको छ । ग्राम भिलेजको वकालत गर्ने समाजशास्त्र र अर्थशास्त्रका वकीलहरु पनि यतिवेला गहिरो चिन्तामा परेका छन । कोरोना संक्रमणको यो घडीमा भुमण्डलीकरणको एउटा अस्त्र अव सञ्चार, सुचनाको क्षेत्रमात्र जीवित छ तर माल र सेवाको अन्र्तराष्ट्रिय प्रवाह रोकिएपछि यसले मात्र मानिसहरुको भालमा भात र शरीरमा लुगा दिन सक्दैन । 

सिधा अर्थमा भन्ने हो भने लगानी र अन्र्तराष्ट्रिय बजारमा कोरोनाले व्रेक लगाएपछि आज साना अर्थतन्त्रलाई भन्दा ठुला अर्थतन्त्रहरुलाई निकै ठुलो चुनौति दिएको छ । यदी केही महिना यस्तै स्थिति रहने हो भने यो कोरोना भाईरस पुँजीवादकै संकट वन्न सक्दछ । 

कोरना भाइरसकाकारण यतिवेला भुमण्डलीकरणमा संकट निम्तिएको छ र विश्व पुजीवादमा नपत्याउदो धक्का लागेको छ । यो भाइरसकाकारण साना अर्थतन्त्रहरुभन्दा ठुला अर्थतन्त्रहरु समस्यामा पर्दै गइरहेका छन । कच्चा पदार्थको दोहनकालागि लगानी र तयारी वस्तु विक्रीकालागि अन्र्तराष्ट्रिय वजारहरु कव्जाको अन्तराष्ट्रिय प्रवाहलाई कोरोनाले रोकेपछि नाफा र नाफाको भण्डारण गर्ने ठुला अर्थतन्त्रहरुमा धक्कालाग्नु स्वाभाविक नै हो । सिधा अर्थमा भन्ने हो भने लगानी र अन्र्तराष्ट्रिय बजारमा कोरोनाले व्रेक लगाएपछि आज साना अर्थतन्त्रलाई भन्दा ठुला अर्थतन्त्रहरुलाई निकै ठुलो चुनौति दिएको छ । यदी केही महिना यस्तै स्थिति रहने हो भने यो कोरोना भाईरस पुँजीवादकै संकट वन्न सक्दछ । 

नेपालकालागि अवसरः आत्मनिर्भर अर्थतन्त्रको निर्माण ? 
यदी यस्तो अवस्था लम्विरहने हो भने अहिले सम्म देखिएको पुँजीवादको संकट सजिलै टरिरहेजस्तै कोरोनाले निम्त्याएको पुँजीवादको संकट त्यतिकै सजिलोरुपमा टर्न निकै गा¥हो छ । पुँजीवादको पछिल्लो अस्त्र नवउदारवाद र विश्वव्यापीकरणका मान्यताहरुलाई कोरना भाइरसले ठाडै अस्वीकार गरेपछि यसले सीर्जना गरेको श्रम र मालको अन्र्तराष्ट्रिय प्रवाह रोकिनु स्वाभाविक नै हुन्छ । कोरनाले विश्व एकग्रामको मान्यतालाई अस्वीकार गर्ने भएकोले त्यहाँ परनिर्भरता वा अन्र्तनिर्भरताको कुनै गुञ्जायस रहदैन । त्यसैले यसको विकल्प स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण भन्दा अरु विकल्प हुन सक्दैन । 

कसैले पुँजीवादका विभिन्न स्वरुप र नाममा यही नाफा र नाफाको भण्डारणलाई प्रश्रय दिन्छन भने कसैले उपभोगकालागि उत्पादन गरिएको मालहरुमा नाफाको कुनै गुञ्जायस नहुने र त्यसमा वितरण र उपभोगमा सवैको पहँुचको वकालत गर्दछन । 

नेपाल स्रोत र साधनमा सम्पन्न देश हो । हामी माल र सेवा उत्पादन गर्ने पर्याप्त संभावना भएका देशभित्र पर्दछौ । हाम्रा श्रमशक्ति लगायत अन्य उत्पादक शक्तिहरु परिचालन गर्ने सन्दर्भमा विगतमा हाम्रा केही अलमलहरु थिए र छन । हाम्रो अर्थतन्त्रको प्रमुख हिस्सा माल र सेवाको आयातबाट टिकेको साँच्चो हो । श्रमजस्तो उत्पादक शक्तिलाई निर्यात गरेर रेमिट्यान्सबाट हाम्रो सपना एक मुठी खरानीकोलागि घर जलाएजस्तै हो । त्यसैले नेपाल र नेपालजस्ता देशकालागि कोरनाले चुनौतिमात्र होइन, अवसर पनि लिएर आएको छ । कोरनाकै कारण मानिसहरु यतिबेला ग्रामीण उत्पादन सम्बन्धसँग जोडिन खोजिरहेका छन । निर्यात भएको श्रमशक्ति घर फर्कन खोजिरहेको छ । यस्तो अवस्थामा नेपाल पुँजीवादी अर्थव्यवस्थाको महत्वपुर्ण कडीको रुपमा रहेको विश्वव्यापीकरणको पञ्जाबाट बाहिर आउनै पर्दछ । नेपालले परनिर्भरताको बैशाखीलाई सदैब फालेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा आफना श्रम र स्रोतहरुको परिचालनमार्फत उत्पादनमा जोड दिनै पर्दछ । यसका लागि कोरनाविरुद्धको सचेतनताको लडाईमा मात्र होइन, आत्मनिर्भर उत्पादनमार्फत समृद्ध नेपाल निर्माण गर्ने काममा समेत अब हरेक नेपालीले कसम खानै पर्दछ ।

विश्वव्यापीकरणको मुख्य साधनकारुपमा रहेको स्काई इकोनोमी अर्थात आकास अर्थतन्त्र प्राय ठप्प छ । कनेक्टीभिटीका अन्य आधारहरु सामुन्द्रीक मार्गहरु, क्रस वोर्डर रेल्वे सेवाहरु ठप्प हुदाँ यसले माल र सेवाको अन्तर्राष्ट्रिय प्रवाहलाई रोकेको छ । भरनिर्भरताकाको सिद्धान्त आविष्कार गरेर एक देशलाई अर्को देशसँग निर्भर वनाउने नीतिहरुलाई यतिवेला कोरोनाले गतिलो झापड हानेको छ ।

सरकार यतिवेला कोराना भाइरस विरुद्धको लडाईमा होमिएको छ । देशमा संक्रमणको संख्या फेला नपरेपनि विश्वव्यापी महामारीकोरुपमा रहेको यो संक्रमणलाई देशभित्र छिर्नै नदिने रणनीतिकासाथ अगाडी वढाइएको सरकारको सोचलाई सवै नागरिकले सहयोग गर्नु पर्दछ । तर यही अवस्थालाई भजाउदैँ काला वजारी मार्फत आर्थिक संकट सीर्जना गर्ने र यसलाई राजनीतिक रङ दिन खोज्नेहरुपनि यो अवस्थामा सल्वलाउने संभावना त्यतिकै छ । तर यी सवै चुनौतिहरुको वावजुद् हामीले कोरोना भाईरसको चुनौतिसँग जुमmने र यसलाई अवसरकारुपमा लिदैँ स्वाधिन र आत्मनिर्भर नेपाली अर्थतन्त्र निर्माणको काममा पनि सवै नागरिकले कसम खाने वेला आएको छ । 
(रोका राजनीतिक अर्थशास्त्री हुन)