काठमाडौं, २०, मंसिर – श्रम रोजगार  तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले  सरकारले  न्यूनतम वेतन र  सामाजीक सूरक्षा जस्ता कार्यक्रमको  प्रभावकारी कार्यन्वयन गर्ने बताउनुभएको छ ।  यसका लागि सरकारले  अनुगमन गरिरहेको भन्दै  सवै नागरिकको जीवन सहज र  गुणस्तरयुक्त वनाउन सरकार  गम्भिर रहेको मन्त्री विष्टले बताउनुभयो  । 

युएनआई नेपालको  पाँचौ राष्ट्रिय अधिवेशनको  आज काठमाडौमा उदघाटन गर्दे मन्त्री बिष्टले नेपालमा पनि सेवा क्षेत्रले  ठुलो उद्योगको  रुप लिएको  वताउँदै  सेवा उद्योगलाई थप व्यवस्थित र  विस्तार कसरी गर्ने भन्ने वारे  थप छलफल गर्न भने  जरुरी रहेको  वताउनु  भयो   ।  

कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकर  लामिछानेले  श्रमिकको  जीवनमा सुधार  नआएसम्म विकास  र  समृद्दि सम्भव नहुने  वताउनु भयो   ।