काठमाडौं, २८साउन - सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुन तोलाको ७१ हजार पुगेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन आज मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो। सुनको यो  मूल्य नयाँ रेकर्ड हो । सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा भने  सामान्य वृद्धि भएको छ । १५ रुपैयाँले बढेर चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ।