काठमाडौं, १६ मंसिर - १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल शीर्ष स्थानमा रहेको छ ।

हालसम्म नेपालले १२ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ६ स्वर्णपदक, तेक्वान्दोमा ५ स्वर्णपदक तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ र दुईओटा रजतपदक पनि हासिल गरेको छ ।

त्यसैगरी भारतले ट्रायथलनमा, पाकिस्तानले कराँतेमा, श्रीलंकाले तेक्वान्दोमा र बंगलादेशले तेक्वान्दोमा एक/एक स्वर्णपदक जितेका छन् ।