काठमाडौँ, २२ मंसिर - आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।