काठमाडौं,२९ पुस–नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ ।  माघे सङ्क्रान्ति गोरु जुधाइ रसुवा नुवाकोट पर्यटन समाजले गरेको पत्रकार सम्मेलनमा समाजका महासचिव शिव अधिकारी ‘अबिरल’ले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । 


स्थानीय किम्बदन्ती अनुसार बझाङका राजा जयपृथ्वी बहादुर सिंह आफ्नो मावली नुवाकोट जादा उनकै मनोरन्जनका लागि गोरु जुधाउने गरिन्थ्यो जुन पछी परम्परा को रुपमा बिकसित भएको हो। हरेक बर्ष स्थानिय तथा आन्तरिक पर्यटकहरुलाई मनोरन्जन दिइरहेको मेलामा केही बर्ष यता देखी गोरु जुधाइ प्रतियोगिताका लागि पुरुस्कार प्रोत्सहन रकम पनि राखिएको र मेला ब्यबस्थित पनि बन्दै गएको स्थानियहरु बताउछन्। पर्यटन सहित, लोप हुँदै गएको जोत्ने गोरुको प्रोत्साहन ,सङरक्षन् र बिकास गर्ने, स्थानीयको जिबस्तरमा सुधार ल्याउने र कला–सस्कृति ईतिहासको महत्व जोगाउनु रहेको बताएका थिए । 


विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ । नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ  । 

गोरु जुधाइको क्रममा जनाबरलाई कुनै पनि किसिमको दबाब नदिने र जुध्न्ने क्रममा हुनसक्ने जोखिमलाई पनि मध्यनजरमा राखी पूर्वसतर्कता अपनाउने गरिएको आयोजक रसुवा नुवाकोट पर्यटन समाज ले जनाएको छ। स्थानीय संस्कृति जीबित राख्दै राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा समेत यि क्षेत्रहरुको प्रबर्धन गर्ने र बर्तमान अवस्थामा नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने अभियानमा पनि गोरु जुधाइ मेलाले सहयोग गर्ने आयोजक पक्षको धारणा छ।