काठमाडौं, २९ भदौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश आर्थिक समृद्धितर्फ अगाडी बढेकाले बैदेशिक लगानी भित्र्याउन सरकारले काम गरिरहेको बताउनु भएको छ ।

कारोबार दैनिकले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विकासका लागी बैदेशिक लगानी अत्याबश्यक पर्ने भन्दै त्यसका लागि बाताबरण बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतीवडाले लगानी मैत्री बातावरण बनाउन सरकार लागी रहेको बताउनु भयो । उहाँले नेपालमा लगानी गर्न आउने विदेशी लगानी कर्ताका लागी सरकारले अनुकुल बाताबरण बनाउने भन्दै नेपाल लगानी मैत्री देश भएको बताउनुभयो ।

गैर आवसीय नेपाली संघका अध्यक्ष समेत रहेका कारोबार दैनिक प्रकाशन गर्दै आएको टिबिआई ग्रुपका अध्यक्ष भवन भट्टले देशको अर्थतन्त्रमा योगदान गर्न संसार भर छरि रहेका नेपाली युवाहरुलाई आग्रह गर्नुभयो ।