गोवामा दाहालको ब्यवहारले नेपालको राष्ट्रिय विश्वसनीयतामाथि धक्का 


Monday, 17 Oct, 2016 11:52 AM

काठमाडौं, १ कात्तिक–प्रधानमन्त्री पुष्पकमल दाहाल, चिनियाँ राष्ट्रपति, सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘जम्काभेट’ प्रकरणले दाहालको कुटनीतिक क्षमता र नेपालको राष्ट्रिय विश्वसनीयतामाथि गम्भीर धक्का पुर्याएको छ । 


पूर्ववर्ती सरकारले ‘असन्तुलित’ विदेशनीति अपनाएको आरोप लगाउँदै सत्तारोहण गरेका दाहालले आफ्ना लगातारका असफलता छोप्न र ‘प्वाइन्ट स्कोरिङ’का लागि तीन नेताको अनौपचारिक जम्काभेटलाई दुरुपयोग गरेपछि भारतले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको छ भने चीनले पनि असन्तुष्टि जनाएको छ । 
नेपाल भारतको अनुमतिबेगर चीनसँगको सम्बन्ध राख्न स्वतन्त्र छैन भन्ने सन्देश दिन दाहाल मोदीको पूर्वयोजना मुताविकै शनिवार सी–दाहालबीच छलफल चलिरहेको कोठामा मोदी पसेका थिए । जसलाई दाहालको स्वकीय सचिवालयले तस्बिरसहित सार्वजनिक गरी नेपालले त्रिदेशीय साझेदारीका लागि प्रस्ताव राखेको र भारत र चीन सहमत भएको जनाएको थियो । दाहालको आधिकारिक वेभसाइटमा त झन् तीनवटा देशबीच संयुक्त वक्तब्यमा हस्ताक्षर नै भएजसरी प्रचार गरिएको थियो । दाहाल निकटका केही अनलाइन पोर्टलहरुले त ‘त्रिदेशीय वार्ता कोसेढुंंगा भएको र भारत तथा चीन परस्त राजनीति गर्नेहरु अब अन्यौलमा परेको’ विश्लेषण नै ठोकेका थिए । 


दाहालको सचिवालय र उनी निकटका सञ्चार माध्यमहरुले त्रिदेशीय साझेदारीको प्रस्ताव राखेको हल्ला चलाएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले पत्रकार सम्मेलन नै गरेर खण्डन गर्नु पर्ने अवस्था आयो । नेपालको राजनीतिमा दाहालप्रति हुने भारत परस्तको शंका र जनस्तरबाट गरिएको आलोचना मत्थर गर्न दाहालले मोदीद्वारा योजनाबद्ध गरिएको जम्काभेटलाई महत्वपूर्ण उपलब्धी र कोसेढुंंगा नै भनी गरिएको प्रचारको एक घन्टा वित्न नपाउँदै भारत र नेपालको परराष्ट्र मन्त्रालयले गरेको खण्डनले देशको विश्वसनीयतालाई थप संकटमा पुर्यायो । 


अचानक भएको जम्काभेटमा त्रिदेशीय साझेदारीको कुनै कुरा नभएको र त्यो सम्भव नभएको भनी भारतीय विदेश मन्त्रालयले खण्डन गरेको थियो । अनौपचारिक भेटमा भारतीय प्रधानमन्त्री मोदीको प्रवेश हुनु नियोजित हो वा आकस्मिक भन्ने विषयले चीन सशंकित हुन पुगेको छ भने त्यसलाई त्रिपक्षीय भेट भन्दै सम्झौता नै भएजसरी दाहालको सचिवालयले प्रचार गरेपछि चीन थप चिढिन पुगेको छ । भारतीय विदेश मन्त्रालयले त्रिपक्षीय सहमति नभएको विज्ञप्ति नै निकालेर खण्डन गर्नु पर्ने अवस्था आए पनि शान्त कुटनीति अपनाउने चीन असन्तुष्ट रहे पनि उसले यसबारे सार्वजनिक अभिब्यक्ति दिएको छैन । 


चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण स्थगित गराउने उद्धेश्यसाथ गठन भएको दाहाल सरकारले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण मिति निर्धारण गरिसकेको छ । नेपालका प्रधानमन्त्रीसँग भारतमा भएको भेटमा पनि भारतीय प्रधानमन्त्री मोदी प्रवेश गर्नुले अन्तराष्ट्रिय मामिलामा निर्णय गर्न नेपाल स्वतन्त्र छैन भन्ने सन्देश चीन र विश्व समुदाय समक्ष पुगेको छ । 


ब्यक्तिगत विश्वसनीयतामा पहिल्यै प्रश्न उठेका प्रधानमन्त्री दाहालले आफ्नो असफलता छोप्न गोवामा जुन ब्यवहार प्रस्तुत गरे यसले नेपाल राष्ट्रको विश्वसनीयतामै अन्तराष्ट्रिय जगतसामु प्रश्न उठाएको छ । अझ भारत भ्रमणका क्रममा दाहालले मोदीसँग गरेको २५ बुँदे विवादास्पद वक्तब्यको ११ नं बुँदामा नेपालको परराष्ट्र मामिला भारतलाई जिम्मा लगाइएको सन्दर्भमा हेर्ने हो भने दाहालको सत्तामा आगमन नै नेपालको भुटानीकरणका लागि हो भन्ने स्पष्ट पारेको छ । 
 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top