काठमाडौं २६ फागुन–नेपाल र अफगानिस्तान बीचको खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तरगतको आजको खेलमा पारसले अर्ध सतक बनाएका हुन् ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले एक विकेटको क्षतिमा अहिले २१ दशमलव ३ ओभर खेल्दा नेपालले ८६ रन बनाएको छ । ब्याटिङमा पारस र ज्ञानेन्द्र मल्लले राम्रो साझेदारी गरिरहेका छन् ।

नेपालका ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भए पनि पारस र ज्ञानेन्द्रले पाली समालेका छन् । नेपालका ओपनर शाहको मुजिव रहमानले विकेट लिएका हुन् । अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ ।

भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ । भने विश्वकप छनौटको लागि नेपालले सोमबारको खेलमा हङकङलाई पनि जित्नु पर्ने छ ।