रूकुम पश्चिम, २० मंसिर –  जिल्लाको आठबीसकोट नगरपालिका–  ५ का २८ वष्यीय धनबहादुर विकले २२ वर्षीय रविन सार्कीलाई कुटपिट गरी हत्या गरेका छन् । 

गत मंसिर ७ गते आठबीसकोटको राडिबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं. ४ गिदीविसा भन्ने ठाउँमा सार्कीलाई कुटपिट गरेको थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुशार सार्कीले घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका क्रममा खर्च भएको दुई हजार विकले नदिएको भन्दै  कुटपिट गर्दा सार्कीको मृत्यू भएको हो । 

सार्कीको उपचारको क्रममा गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो। कुटपिटपछि फरार भएका विकलाई मंसिर १० गते जाजरकोटको बगराबाट पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको  जनाएको छ ।