हट एयर बेलुन दुर्घटनाबाट टेक्सासमा सोह्रको मृत्यु


Monday, 1 Aug, 2016 1:43 PM

हस्टन (अमेरिका), १६ साउन - अमेरिकाको दक्षिण राज्य टेक्सासको मध्य क्षेत्रमा हट एयर बेलुनमा आगलागी हुँदा कम्तिमा शनिबार १६ जनाको मृत्यु भएको छ । 

उडिरहेको बेलुनलाई आगोले समातेपछि आगोको ज्वालाले बेलुनको सबैभाग जलेको अवस्थामा आकाशबाट खसिरहेको आफूले देखेको एक प्रत्यक्षदर्शी महिलाले बताइन् । 

हट एयर बेलुनमा यस किसिमको दुर्घटना अमेरिकी इतिहासमा नै ठूलो दुर्घटना भनी अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले बताएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ः४० बजे भएको बेलुन दुर्घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 


प्रहरीले घटनामा मृत्यु भएका मानिसको परिचय खुलाएको छैन । एफएए र एनटीएसबी अधिकारीले दुर्घटना प्राविधिक कारणबाट हुन पुगेको वा चालकको कमजोरीका कारण भएको भन्ने विषयमा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । 

अमेरिकामा हट एयर बेलुनको सञ्चालन सन् १९६४ देखि सुरु भएको र अहिलेसम्म ६९ वटा दुर्घटना भएको यहाँका अधिकारीले बताएका छन् । 

शनिबारको दुर्घटनामा १६ जनासहित अहिलेसम्मका सम्पूर्ण दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top