काठमाडौं, २९ चैत– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई पारदर्शी र जवाफदेही बनाउने बताएका छन् ।

गृहमन्त्रालयमा बिहीवार दज्र्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक खनालले संगठनको प्रभावकारीता बढाउन वृत्ति विकासमा जोड दिने बताएका हुन । गृह सचिव प्रेम कुमार राइले नवनियुक्त आईजीपी द्धयलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए । 

संक्षिप्त लिखित मन्तव्य राखेका प्रहरी महानिरीक्षक खनालले पदीय जिम्मेवारीसँगै चुनौति पनि रहेको र त्यसलाई आफूले अवसरको रुपमा लिएको पनि बताए । चुनौति सामना गर्नका लागि सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता उनेल जनाएका छन् ।

सर्वेन्द्रसँगै सशस्त्रमा नियुक्त महानिरीक्षक शैलेन्द्र खनालले पनि दज्र्यानी चिन्ह ग्रहण गरे । त्यस अवसरमा दुवै महानिरीक्षकले बधाई पनि साटासाट गरेका थिए ।

‘चेन अफ कमाण्ड’ कायम गर्छु : सशस्त्र महानिरीक्षक खनाल 
सशस्त्रका महानिरीक्षक शैलेन्द्रले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र ‘चेन अफ कमाण्ड’ कायम गर्ने बताए । उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्र प्रहरी बललाई आधुनिकीकरण गर्ने बताए ।

खनालले आतंककारी गतिविधि र समाजमा खलल र्पुयाउने कामलाई रोक्नका लागि क्रियाशील हुने बताए । गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले ६ महिना वा एक वर्ष वा मासिक कार्ययोजना बनाएर काम गर्न सुझाव दिए । उनले कर्मचारीहरुको वृत्ति विकासमा ध्यान दिन पनि सुझाव दिए ।