भक्तपुर, १ चैत्र – भक्तपुरको चुन्देबी स्थित इम्पेरिअल ब्यान्क्वेटले होलीको अवसरमा "होली फेस्टिबल" आयोजना गर्ने भएको छ ।  चैत्र ६ गते, बुधबार दिउसो १ बजे देखि ‘होली फेस्टिभल’ आयोजना हुने ब्यान्क्वेटले जनाएको छ ।

कार्यक्रममा दर्जनौ चर्चित कलाकारहरुको उपस्थिति रहने आयोजकहरुले बताएका छन् । उक्त कार्यक्रममा सरिस्मा मगर, डिजे कुइन, डिजे इभिल, काउली बुढी लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागी हुनका लागि एक हजार पाँच सयको टिकट खरिद गर्नुपर्ने हुन्छ । टिकटको खरिदमै ग्राहकहरुलाई नास्ता र बेलुकाको खाना उपलब्ध हुनेछ ।

होली लक्षित उक्त कार्यक्रम भक्तपुरबाट काठमाडौँ नजाने र आफ्नै क्षेत्रमा रमाइलो गर्ने हिसाबले आयोजना गरिएको हो । आयोजकहरुले कार्यक्रमको टिकट अग्रिम बूकिंग समेत खुल्ला गरिएको जानकारी दिनुभएको छ । टिकटको लागि मिस्टर एन्जलको मोवाइल नम्बर ९८४३३३६०३९ संग सम्पर्क गर्न आयोजकहरुले अनुरोध गरेका छन् ।