एक समयकी चर्चित नायिका करिश्मा मानन्धर र पुराना नायक शिव श्रेष्ठले आफ्ना छोराछोरीलाई नयाँ चलचित्र मार्फत डेव्यु गराउने भएका छन् । चलचित्र निर्माता एव कलाकार बिनोद मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले ‘एउट यस्तो प्रेमकहानी’ मार्फत चलचित्रमा डेव्यु गर्न लागेका हुन । 

दिपेश सापकोटाको निर्देशनमा ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र बन्न लागेको हो । मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा टिमले चलचित्रको कलाकार चिनाएको हो । 

नयाँ चलचित्रको गत साता देखी सुटिङ्ग शुरु भइसकेको कार्यक्रममा बताइएको छ । शिव श्रेष्ठको लगानीमा बन्न लागेको  ‘एउटा यस्तो प्रेम कहानीमा’ कविता र शक्ति सँगै नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठ स्वयमको पनि अभिनय रहेको छ ।