काठमाडौँ  ८ माघ -  चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित बिदेशी ब्राण्ड अन्टाको शोरुमको  उद्घाटन गरिएको छ  ।  

नायिका पुजा शर्माले शोरुमको उद्घाटन  गर्दै बिदेशी ब्राण्डको कपडाका लागि गरिने खर्चभन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुरा भएको बताउनुभयो । उहाले चितवन आउन जुर्ने हरेक अवसरले आफुलाई आनन्दित तुल्याउने गरेको तथा आफुलाई जस्तै स्वदेशमै उत्पादित यो ब्राण्डलाई पनि माया गरिदिन नायिका शर्माले कार्यक्रममा उपस्थित दर्शकहरुलाई अपिल समेत गर्नुभयो  ।

कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना केही सांगीतिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो  । काफ्लेकी श्रीमती, गायिका तथा उक्त कार्यक्रमको प्रस्तोता जुनु रिजालेले पनि सांगीतिक माहौल जमाउन भरपुर साथ दिनुभएको थियो  ।

हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो हास्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो  । कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यम बर्गिय देखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताउनुभयो । अर्का संचालक सुरज गिरिले धेरै अथक प्रयास पछि राजधानीमा अतिनै लोकप्रिय रहेको केटिएम सिटि चितवनका उपभोक्ता माझ ल्याउन पाउँदा आफुले गौरवान्वित महसुस गरेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि ईक्यान नेपालका निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे, अतिथि युवा उद्यमि राम कार्की, अतिथि संगितज्ञ श्याम नेपाली लगायतले व्यावसायिक सफलताको शुभेच्छा प्रकट गरेका  । स्क्वाड नेपाल प्रा. लि. चितवनभरको केटिएम र अन्टा ब्राण्डको वितरक रहेको र छिट्टै नै चनौली, टाँडी, पर्सा लगायतका ठाँउमा यस्ले आफ्नो सेवा बिस्तार गर्ने संचालक उत्तम गुरुङले बताउनुभयो ।