भारतको प्रतिक्रियात्मक कुटनीतिः नेपाल–चीन कारोवारमा किन उत्तेजना ?


Wednesday, 28 Dec, 2016 5:01 PM

समाचार टिप्पणी
दुई साताअघि २ दशमलव ८ मिलियन अमेरिकी डलरको एक ‘कनसाइनमेन्ट’ चीनबाट नेपालका लागि छुट्यो । जव चीनबाट नेपाल लक्षित ती कार्गो छुटे, त्यसले स्वभाविक रुपमा काठमाडौं र बेइजिङलाई प्रभावित पार्यो । नेपाल र चीनका सञ्चारमाध्यमले चिनियाँ सामान स्याप्रुबेसी नाकाबाट नेपाल भित्रिने कुरालाई प्राथमिकतापूर्ण महत्व दिएर सम्प्रेषण गरे । तर तनाव देखियो नयाँदिल्लीमा । 


मुद्दा नेपाल र चीनको हो । तर त्यसमा चासो बढ्यो भारतको । भारतीय सञ्चारमाध्यमले त्यहाँका अधिकारीलाई उद्धृत गर्दै चीनियाँ उत्पादनले नेपालमा भारतीय बजार बिस्थापन गर्ने भन्दै आक्रोश र चिन्ता दुबै पोखे । 


भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदा नेपाललाई सांकेतिक रुपमै भए पनि चीनले त्यही स्याप्रुबेसी नाका हँुदै पेट्रोलियम पदार्थ देखि खाद्यान्न समेत आपूर्ति गरेको थियो । अप्ठ्यारोमा परेका बेला चीनले नेपाली नागरिकलाई सहयोग गर्यो तर भारतले नाकाबन्दी लगायो । हो, भूकम्पलगत्तै भारतले नेपाललाई ठूलो र अति आवश्यक सहयोग गर्यो तर जति सहयोग गर्यो, त्यो भन्दा बढी प्रचार गरियो । त्यही भएर बाध्य भएर नेपालमा अभियान चल्यो ‘गो ब्याक इण्डियन मिडिया ।’

 

आफूले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदाका सर्त नमानेको भन्दै भारतले दिएका चेतावनी खेदजनक छन् । प्रधानमन्त्री बन्नका लागि दाहालले दिल्लीसमक्ष के के सर्तनामा गरे, ती नेपाली जनताको जानकारीमा छैनन् । नेपाल र नेपालीको हित बिरुद्धका कुनै पनि कबुलियतनामालाई मान्न नेपाल बाध्य छैन । चीनसँग किन संयुक्त सैन्य अभ्यास भन्ने खालका जुन भारतीय रिर्पोट आएका छन्, तिनको सरोकार नेपालसँग छैन, दाहालसँग मात्र छ ।


नेपालका लागि भारत र चीन समान छिमेकी र मित्रवत राष्ट्र हुन् । भारतसँग नेपालको सम्बन्ध बहुआयामिक छ र भावनात्मक पनि छ । त्यही भएर स्वभाबिक रुपमा नेपाली बिदेश नीतिको पहिलो प्राथमिकतामा भारत व्यवहारतः परेकै छ । तर जव नेपालले आफूलाई चाहिने चिनियाँ सामाग्री चीनबाट चिनियाँ बाटो हुदै ल्याउन खोज्छ, त्यसमा भारतको आपत्ती किन हुनुपर्ने ? भारतमा स्वयं चिनियाँ उत्पादनको ठूलो बजार छ । चीनको सबैभन्दा ठूलो बजार नै भारत हो । यो तथ्यलाई चीनले पनि बुझेको छ, भारतले पनि बुझेको छ । अहिले नै दुई राष्ट्रबीच ७५ बिलियन डलरको व्यापारिक कारोबार छ । जसलाई १ सय बिलियन बनाउने लक्ष्य दुबैले राखेका छन् ।


भारतभर चिनियाँ सामान सहज रुपमा उपलब्ध हुने तर नेपालमा तिनै सामान आउन लाग्दा भारतीय बजार बिस्थापित हुने भन्ने कुतर्क मात्र हो । फेरि अहिले विश्वको अर्थव्यवस्था मुलतः बजारमा आधारित अर्थ व्यवस्था हो । प्रतिस्पर्धाको समयमा जसको उत्पादन बलियो र सस्तो पर्छ, त्यो खरिद गर्ने अधिकार हरेक सार्बभौम र स्वतन्त्र राष्ट्रलाई छ । हो, राष्ट्रले राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजिपतिलाई प्रबद्र्धन गर्न सक्छ । 


त्यसैले भारतजस्तो लामो लोकतन्त्रको अभ्यास गरेको, राजनीति र कुटनीतिमा परिपक्व देश र तिनका नेतालाई यस्तो प्रतिक्रियात्मक कुटनीति कुनै पनि अर्थमा सुहाउँदैन । भारतीय नेता र कर्मचारीतन्त्रलाई थाहा हुनुपर्छ–दक्षिण एसियामा भारतबिरोधी भावना बढ्नुको कारण भनेकै यही भारतीय प्रतिक्रियात्मक र ठूल्दाई कुटनीतिका कारणले हो । 


भारतीय प्रतिक्रियात्मक कुटनीतिको दोस्रो उदाहरण हो– नेपाल र चीनवीच फेबु्रअरीमा हुने भनिएको संयुक्त सैन्य अभ्यासप्रति कडा प्रतिक्रिया । सन २०१७ को फेब्रुअरी १० मा नेपालले इतिहासमा पहिलोपटक चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने समाचार सार्बजनिक भयो । यो रिपोर्टको स्वतन्त पुष्टि चिनियाँ र नेपाली अधिकारीले गर्न समेत पाएका थिएनन्, नयाँदिल्ली फायर भयो । मंगलबारका भारतीय सञ्चारमाध्यमको मुख्य आक्रोश र चिन्ताको बिषय नै त्यही  संयुक्त सैन्य अभ्यासमाथि पोखियो । भारतसँग नेपालले बर्षेनी यस्ता संयुक्त सैन्य अभ्यास गर्दै आइरहेको बेला चीनसँग चाहीँ गर्नै हुँदैन भन्ने भारतीय सरकार र अधिकारीको धारणा कुन ैपनि अर्थमा जायज छैन । 

 

भारतले बुझ्नुपर्ने हो नेपाल चीनसँग नेपालको हितमा हुने कुनैपनि सम्झौता÷कारोबार गर्न स्वतन्त्र छ ।  नेपालको चीनसँगको असल सम्बन्धबाट नयाँदिल्ली प्रतिक्रियात्मक बन्नु मनोबैज्ञानिक त्रासदी मात्र हो । मोदीलाई थाहा हुनुपर्छ– यस्तै रबैयाका कारण दक्षिण एसियामा भारतबिरोधी भावना बढ्दो छ । 


चिनियाँ सेना बिश्वमा सबैभन्दा शक्तिशाली सेना मानिन्छ । युद्धकौशलमा मात्र होइन, निर्माणमा पनि चिनियाँ सेना उदहरणीय छ । अमेरिकापछि सैन्य र प्रतिरक्षामा सबैभन्दा बढी बजेट छुट्याएको चीनले हो । फेरि चीनियाँ सेनाले जस्तोसुकै भौगोलिक जटिलतामा पनि अनुभव लिएको छ । त्यस्तो अनुभवी सेनासँग नेपालले संयुक्त सैन्य अभ्यास गर्दा नेपाललाई फाइदा छ । त्यतिमात्र होइन, नेपाल र चीनबीचको सुरक्षा समेत त्यसले सुनिश्चित गर्छ । जव नेपालको राष्ट्रिय सुरक्षाका लागि चीनसँग यस्तो संयुक्त सैन्य अभ्यास आवश्यक छ भने यसमा निर्णय लिन नेपाल स्वतन्त्र छ । विदेश नीति र सुरक्षा नीतिको पहिलो उद्धेश्य नै राष्ट्रिय स्वार्थको संरक्षण हो । त्यस अर्थमा यो उपयुक्त निर्णय हो । यसमा नयाँदिल्लीले आपत्ती जनाउनु कुटनीतिक र सुरक्षाका दृिष्टकोणले पनि उपयुक्त छैन ।


आफूले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको र बनाउँदाको बेला राखेका शर्त नमानेको चेतावनी र शैली जुन समाचार भारतीय संचारमाध्यममा आएका छन्, ती खेदजनक छन् । प्रधानमन्त्री बन्नका लागि दाहालले दिल्लीसमक्ष के के सर्तनामा गरे, ती नेपाली जनताको जानकारीमा छैनन् । नेपाली जनता र स्वार्थबिरुद्धका कुनै पनि कबुलियतनामालाई मान्न नेपाल बाध्य छैन । दाहाल प्रधानमन्त्री भएपछि नेपाल–भारत सम्बन्ध नयाँ चरणमा प्रबेश गरेको र त्यसका लागि भारतले दाहाललाई सहयोग गरिरहेका बेला चीनसँग किन संयुक्त सैन्य अभ्यास भन्ने खालका जुन भारतीय रिर्पोट आएका छन्, तिनको सरोकार नेपालसँग छैन, दाहालसँग मात्र छ ।

 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top