बारा, २९ पौष - जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको भारतीय बसको ठक्करबाट सोही स्थान बस्ने ७२ वर्षीय राम बहादुर बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरा हुँदै नारायणी अस्पताल बीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।