युएस वंगला विमान दुर्घटनामा बाँचेकी एक्ली डाक्टर समिरा भन्छिन, बंगलादेशले नेपाली विद्यार्थीलाई सम्मान दिन्छ
व्यवसायी दुर्गा प्रसाई र कानुनमन्त्री शेरवहादुर तामाङ्गले सार्वजनिक रुपमा बंगलादेशमा अध्ययन गर्न जाने महिला विद्यार्थीमाथि गरेको टिप्पणी यतिवेला चर्चाको विषय बनेको छ । 

कानुनमन्त्रीले आफुले गल्ति बोलेको भन्दै सार्वजनिक रुपमा माफी पनि मागिसकेका छन् । बंगलादेशमा डाक्टर पढन जाने विद्यार्थीले सटिर्फिकेट प्राप्त गर्न के कस्ता संघर्ष गर्नुपर्छ ? के वंगलादेशका अध्ययन गराउने संस्थाले विद्यार्थीमाथि साच्चै शोषण नै गरेको छ त ? यिनै बिषयमा बंगलादेशको राजिव रोेविया कलेजबाट डाक्टर अध्ययन सकेर फर्कने क्रममा फागुन २८ गते युएस बंगला विमान दुर्घटनाबाट बाँच्न सफल भएकी डाक्टर समिरा व्यन्जनकारसँग चक्रपथ डटकमकर्मी कविता अधिकारीले गरेको संवाद । 

युएस वंगलाको विमान दुर्घटनाबाट बाँच्न सफल भएर तपाईले पुनर्जीवन प्राप्त गर्नुभएको छ, हिजोआजको दैनिकी कस्तो छ ?
मार्च महिनाको १२ तारिखमा युएस बंगलाको विमान दुर्घटनामा  डाक्टर पढेर आउने मध्येको १३ जनामा म एकजना मात्रै बाँच्न सफल भएको हुँ । अहिले मेरो अवस्था ठिकठिकै छ । अलिअलि काम गर्न सक्छु । धेरै चाँही सक्दिन । ढाँड ,ओठ, खुटटामा चोट लागेको छ । ढाँड त फयाक्चर नै भएको हो । अहिले पनि पहिलाको जस्तो आँट जोश जाँगर त छैन, सामान्य हिँडडुल गर्न सक्छु  । धेरै हिँडियो भने ढाँड दुख्छ । त्यहीँ भएर अझै दुई महिनाजति रेष्ट गर्ने सोचमा छु । अहिले  घरमा बस्ने, खाने, यताउता डुल्ने त्यस्तै भइरहेको छ । केही काम गर्न सकिरहेको छैन् । एक्सरसाइज गर्र्न नपाउँदा शरीर मोटाउँदै गएको छ । चार महिना बेड रेष्टबाट बल्ल हिड्न थालेको छु । दिनभरी धेरै हिँडयो भने राती थकाई लागेर मुभमेन्ट गर्न गाहो हुन्छ, त्यही भएर धेरै हिड्दिन । घरमै बस्ने, टिभी हेर्ने र समाचार सुन्ने गर्छु । 

तपाईले जस्तै मलाई भेट्न आउनुहुनेहरुले तिमीले पुनर्जन्म पायौँ, भाग्यमानी रहिछौ भन्नुहुन्छ । मलाई पनि त्यस्तै लाग्छ, म भाग्यमानी भएरै बाँचे भन्ने छ । मलाई मेरो जन्मदिने बाबुआमासँग अझ धेरै समय बस्न पाए त्यसमा पनि खुसी लाग्छ । म साँनो छदादेखि नै समाजसेवा गर्नुपर्छ भन्ने सोच राख्ने मानिस थिए तर यो मृत्युको मुखबाट फर्किएपछि त त्यो सोच झनै बढेर गएको छ । दुर्घटनाले झनै केही गर्नपर्छ भन्ने उर्जा थपेको छ । 

फाइनल परीक्षा दिएर काठमाडौ आउनुभएको थियो, रिजल्ट के भयो ?
प्रायः सवैजना पास हुनुहुन्छ । एकदुईजनाको रिजल्ट बिग्रिएको छ । विमान दुर्घटनामा ज्यान गुमाएका साथीहरु प्रिन्सी, एन्जिला सबैको ७० प्रतिशतभन्दा माथिको रिजल्ट आएको छ । म अस्पतालमा नै थिए रिजल्ट आउदा, पासफेल भन्ने अस्पतालमा नै थाहा पाए । साँढे दुई महिना भयो रिजल्ट आएको । घर आईसक्दा मार्कसिट पनि आयो । 

अघि यहाँले घरमा बस्छु, समाचार हेर्छु भन्नुभयो, हिजोआज के के पाइरहनुभएको छ समाचारमा ?
हिजोआज बंगलादेशमा पढ्ने विद्यार्थीहरु रेप भएर आउँछन््, डाक्टर पढन गएका विद्यार्थीहरुको अस्मिता लुटछ् वा नराम्रो काम गरेर नै अध्ययन गरिरहेका छन् भन्ने जस्ता समाचारहरु आइरहेका छन् । त्यो त वेसलेस कुरा हो । उनीहरुसँग प्रमाण छ ? ल यदि छ भने पनि इन्भेष्टिगेसन गर्न पर्यो नि ? पहिला आफुले सबै बुझेपछि मात्रै पो बोल्नुपर्छ त । आफुलाई कम्पिल्टली थाहै नभएको कुरामा गेस गरेर बोल्न पाइदैन । 

हामीहरु त्यत्रो दुख गरेर आमाबुवालाई छोडेर पढेर आएका छौ नि । त्यहाँनेर कस्तो इन्भायरमेन्ट छ, त्यो त हामीलाइ थाहा छ नि । टिचरले पढ्नलाई कस्तो फोर्स गरिरहनुभएको हुन्छ । राम्रो पढ्नु पर्छ भनेर प्रेसरमा पढिरहेका हुन्छन् विद्यार्थीहरु । त्यो नसोची हामीहरुले नराम्रो काम ग¥यो भनेर भन्दा त नराम्रो लाग्छ । आफुले त्यस्तो मेहनत गरेको छ, अनि यता चाहीँ यस्तो गर्छ भन्दा नराम्रो त लागिहाल्छ नि । आफनो कलेजमा मात्रै हैन । त्यहाँ भएको अरु साथीहरुको कलेजमा पनि हामीले बुझे अनुसार यस्तो केही पनि भएको भन्ने हामीले सुनेकै छैन् । 

हामी सेवा गर्नलाई डाक्टर पढेको हो । आफनो हस्पिटल नै बन्द गरेर आन्दोलन त गर्न भएन नि । अर्को तरीका खोज्नु पर्यो आन्दोलन गर्न । डाक्टरहरुले आन्दोलन गर्न नै मिल्दैन् । अनि फेरि उहाँले मेडिकल कलेज खोल्न हुँदैन भनिरहनुभएको छ । मेडिकल कलेज त चाहिहाल्छ नि । अहिले नेपालमा धेरै मेडिकल कलेज नभएको र सिट पाउन नसकेकोले नै त हामीहरु बाहिर जानु परेको हो । यही पढ्ने अवसर पाएको भए , दुई तिनवटा यही भएको भए हामी बाहिर जानै पर्ने थिएन नि । यस्तो बुझँदा बुझँदै किन सपोर्ट गरिरहेका छन् मलाई थाहा छैन ।

मैले वि एण्ड सी हस्पिटलका सञ्चालको अन्तरवार्ता पनि हेरे । त्यसपछि बंगलादेशमा पढेर आउनुभएको दिदीहरुसँग कुरा पनि भएको छ । बंगलादेशमा पढेर आउने दिदीहरु सबैलाई नराम्रो फिल भएको छ । आफुले त्यस्तो मेहनत गरेर बल्ल बल्ल पास गरेर आएको छ । आफनो देशमा चाहिँ यस्तो आरोप लगाउदा नरामो त लागिहाल्छ नि । 

तपाईहरुलाई थाहा नभई त्यहाँ कही कतै नराम्रै गतिविधि पनि हुन्छन् कि ?
अहिले सम्म हामीले सुनेका छैनौ । नसुनेको कुरा हो, हामीले त नेपालमा नै हो सुनेको । त्यहाँ के हुन्छ भने पढाई, फेरि पढाई र पढाईमै मात्र फोकस भईन्छ । हल्ला गर्ने, बरालिने हामीसँग टाइम नै हुदैन । यस्तो घोटेर पढाउछ कि त्यो भनि साँध्य छैन् । अनि टिचरहरु पनि सपोर्टिभ नै हुनुहुन्छ । पढ्नुपर्छ भनेर सपोर्ट गर्नुहुन्छ । हाम्रो टिचरहरुले त झन नेपालीहरु मेहनती हुन्छन्, पढछन्, त्यहाँदेखि पढ्न आएका छन् भनेर राम्रो व्यवहार गर्नुहुन्थ्यो । मैले त त्यस्तो नराम्रो कहीँ पनि सुनेकै छैन् । ढाकामा साथीहरु छन्, उता चिटगाँउमा पनि छन, रनपुरतिर पनि छन् । ख,ै कसैले त्यहाँको टिचरले नराम्रो विहेभ देखायो भनेको अहिलेसम्म सुनेको छैन् । यदि भएको भए त एक जना न एकजनाले आवाज उठाइहाल्थ्यो नि । चुप लागेर बस्ने कुरै हुँदैन थियो होला नि हैन् । 

नेपालबाट गएका विद्यार्थीहरुको दैनिकी कस्तो छ ? 
हाम्रो त विहानको ७ देखि २ बजेसम्म कलेज नै हुन्छ । साँझ वार्ड जानुपथ्र्यो । सर्जरी र मेडिकल वार्ड घुमेर वेलुकी ९ बजेमात्रै रुममा आउन पाउँथ्यौ । कहिले काहीँ त वार्ड नहुँदा मात्रै पढ्न पाइन्थ्यो । त्यै भएर सबै समय पढ्नमै बित्थ्यो ।  दिनदिनै इक्जाम टेष्ट भईरहन्छ । आज एउटाको भयो भने भोलि अर्कोको हुन्छ । पढी नै रहनुपर्छ । मात्रै शुक्रबार विदा जस्तो हुन्छ तर पढी नै रहनुपर्ने हुन्छ । जे होस पढनुपर्छ भनेर सबैलाई मोटिभेसन गरिरहनुभएको हुन्थ्यो । 

त्यहाँ त मिस विहेभ भन्ने नै छैन् । झन नेपाली केटी भनेपछि सबैलाई सम्मान दिन्छन् । अनि हेपेर बोल्ने पनि हुँदैनन् । अनि हाम्रो व्याजमा केटीहरु नै बेसी भएकाले टिचरहरुले पनि भन्नुहुन्थ्यो केटाहरुभन्दा केटीहरु अगाडि जानेवाला छ यो व्याजको भनेर । त्यहाँ गएपछि  इक्जाम मात्रै दिन गएको जस्तो लाग्ने । दिनदिनै इक्जाम मात्रै हुने । प्रोफेसनल एउटा इक्जाम सकाउन तीन महिना पनि लाग्थ्यो । तिनवटा प्रोफेसन इक्जाम हुन्छ, अनि कसरी फुर्सद हुन्छ त । म त घरबाट आएको फोन पनि रिसिभ गर्न पनि भ्याउँदिन थे । कहिले काहीँ झयाउ लाग्यो भने रेष्टुरेन्टसम्म जाने हुन्थ्यो नत्र त जुनसुकै समय पढाई मात्रै ।

पाँच बर्षको कोर्ष केटीहरुलाई ९ बर्षमा मात्रै पुरा गराउँछ भन्ने पनि आरोप छ नि, त्यो के हो ?
हैन म त पाँचबर्षमा नै फर्किएको हो । त्यस्तो हुँदैन । त्यहाँ केटीहरुलाइ बेसी महत्व दिईन्छ । उताको मेन्टालिटी अनुसार केटीहरुको चाँडै विवाह गर्नपर्छ, वुढी भएपछि विवाह हुँदैन भनेर पनि केटीहरुलाई झन चाँडै पास गर्न पर्छ भन्ने दवाव नै हुन्छ केटाभन्दा । छिटो पढेर छिटो नेपाल जाओस भन्ने नै हुन्छ । कुनै कुनै कलेजले त शुरुको लेक्चर क्लासमा  त्यै नै भन्छ । यहाँ जस्तो लिखितलाई बढि फोकस गर्दैन, त्यहाँ त भाइवालाई महत्व दिईन्छ । अनि आफुले बोल्न सकेन भने फेल भईहाल्छ । प्राक्टिकल बढी फोकस छ । रिटनमा पास भएपनि भाइवामा केही बोल्न सकेन भने त्यही फेल हुन्छ, अगाडि बढन सक्दैन । त्यहाँको टिचरको व्यवहारमा केही फरक छैन । यहाँको टिचरले पनि सिकाउने हो । त्यहाको टिचरले पनि त्यही गर्ने हो । खाली पढाई खाली इक्जाम मात्रै हो त्यहाँ  । त्यहाँ नराम्रो व्यवहार केहीपनि छैन । त्यहाँ त नेपालीहरुले धेरै माया पाएका छन् । 

त्यही भएर जस्ले बंगलादेशमा नराम्रो भन्छ, त्यसलाई बुझेर कुरा गर्नुस् भन्छु , यदि आफुलाई त्यस्तो लागेको छ भने पहिला त छानविन गर्न प¥यो । हैन कोही बंगलादेशबाट पढेर आएको हामी जस्तै छात्राहरुलाई सोध्दा पनि हुनेथियो । एकजना कसैले भन्यो भनेको भरमा भन्दै हिँड्न हुदैन् । बुझेर र पु्रफ पाएको भएमात्रै त्यस्तो बोल्न हुनेथियो । अनि जो जो जान लागेको छ उनीहरुलाई पनि डर हुन्छ । अनि अहिले उता डक्टर पढिरहेको छोराछोरीको आमाबाबुवालाई यस्तो कुरा सुन्दा पनि राम्रो त लाग्दैन नि । नभएको कुरा भयो भनेपछि भैरहेको छ कि भन्ने दिमागमा आउन सक्छ । थाहा छ भइरहेको छैन तर मनमा डर हुन्छ । यसले साइकोलोजिकल इफेक्ट जस्तो त हुन्छ नि । 

तर कतिपय अवस्थामा बाबुआमाले पहिला डाक्टर पढ्न पठाउँछन् पछि पैसा पठाउन नसक्दा नराम्रो गतिविधिमा पनि विद्यार्थी लाग्छन भन्ने पनि छ नी ?

हैन, सबैको घरबाट समयमै पैसा आउछ भन्ने छैन् । कतिको ढिँला आउँछ, कतिको समयमै आउँछ । पैसा आउन प्रायको ढिला नै हुन्छ । अहिले बल्ल बल्ल बंगलादेशमा  नेपालबाट पैसा जान बंैकमा सजिलो भएको छ । पहिला त त्यो पनि थिएन । त्यही भएको हुनाले कोही यताबाट जादैछ भने उहाँहरुले पैसा लिएर जानुहुन्थ्यो । परिवारले त्यसरी पठाउँथ्यो । अनि त्यसरी आउँदा त ढिलो भइँहाल्थ्यो । तर बीचबीचमा नहुँदा साथीहरुसँग सापट मागेर बस्ने गर्दथ्यौ । 

त्यसरी बाहिर हिड्नै पर्ने थिएन । फेरि बंगलादेशमा डाक्टर पढ्न जाने भनेपछि परिवारले  सक्छ पढन भनेर नै गएको हुन्छ नि बीचमा बरालिनुपर्ने के छ र । हामीपनि संस्कारमा हुर्किएको राम्रै परिवारको छोरीहरु गएको हुन्छ पैसा पेल्न नसक्ने त जाँदै जाँदैन । त्यही भएर नहुने आरोप लगाउनु हुँदैन । फेरि त्यहाँ कलेजको फिस तिर्नपनि नेपालको जस्तो गाह्रो छैन् । 

६ महिनामा २ लाख  जति पे गर्नुपथ्र्यो, त्यो त्यति गाह्रो हैन् । नेपालमा भएको भए एकै पटक तिर्नुपर्ने पनि हुन ेथियो । ६ महिनामा अझ पे गर्न सकेन भने प्रिन्सिपललाई चिठि लेखेर घरमा समस्या छ भन्यो भने पछि तिर्दा पनि हुन्छ । प्रिसिपलले पनि मान्नु हुन्छ अर्को महिनासँगै पे गर भन्नुहुन्थ्यो । फाइनल इक्जाममा चाहि अलि चाँडै तिर भन्ने हुन्थ्यो । बीचमा भुईंचालो आउँदा पनि समस्यामा परेको साथीहरुलाई कलेजले डिस्काउन्ट गरिदिएको थियो । 

पछिल्ला दिनहरुमा गोविन्द केसीको आन्दोलन हेरिरहनुभएको होला नि, कस्तो लागिरहेको छ ?
उहाँको आन्दोलन सही होला तर गरेको तरीका गलत भयो । किनभने हामी सेवा गर्नलाई डाक्टर पढेको हो । आफनो हस्पिटल नै बन्द गरेर आन्दोलन त गर्न भएन नि । अर्को तरीका खोज्नु पर्यो आन्दोलन गर्न । डाक्टरहरुले आन्दोलन गर्न नै मिल्दैन् । अनि फेरि उहाँले मेडिकल कलेज खोल्न हुँदैन भनिरहनुभएको छ । मेडिकल कलेज त चाहिहाल्छ नि । अहिले नेपालमा धेरै मेडिकल कलेज नभएको र सिट पाउन नसकेकोले नै त हामीहरु बाहिर जानु परेको हो । यही पढ्ने अवसर पाएको भए , दुई तिनवटा यही भएको भए हामी बाहिर जानै पर्ने थिएन नि । यस्तो बुझँदा बुझँदै किन सपोर्ट गरिरहेका छन् मलाई थाहा छैन । मेडिकल कलेज खोल्न चाहीँ पर्छ ठाउ हेरेर जस्तो लाग्छ । बन्द गरेर चाहीँ आन्दोलन गर्न हुदैन् । पेसेन्टहरु कस्तो कन्डिसनमा आइरहेको हुन्छ । यत्रो खर्च गरेर परिवारले पढाएको छ, के आन्दोलन गर्न हो र ? अस्पतालमा विरामी आफँु बाचियोस भनेर आएको हुन्छ । विरामीलाई उपचार गर्ने डाक्टर नै नभएपछि अस्पतालप्रतिको विश्वास घटछ नि ।