एजेन्सी, २५  भदौ - एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ ।

अमेरिकी स्मार्टफोन कम्पनी विश्वव्यापीरुपमा आइफोन ११ लाई आइफोन एक्सआरको अपग्रेड भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले आइफोन ११ प्रो र प्रो म्याक्स पनि सार्वजनिक गरेको छ । आइफोन ११ मा दुईवटा क्यामेरा रहेका छन् । यसमा वाइड र टेलिफोटोका लागि लेन्स राखिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै यसमा थप नाइटमोड हुने छ । जसले थोरै प्रकाश भएको ठाउँमा पनि स्पष्ट फोटो खिच्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।