काठमाडौं, ४ वैशाख – इजरायलले सर्वोच्च शिखर सगरमाथा नेपालमै रहेको स्वीकार गरेको छ । यसअघि उसले जोर्डन र इजरायल बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको सूचना राखेको थियो।

इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको पहलमा यसअघि उल्लेख गरिएको गलत सूचना सच्याइएको हो । पहिलो राखिएको बोर्डमा झण्डासमेत चीनको राखिएको थियो। फेरिएको बोर्डमा अहिलेभने नेपालको झण्डा समेत राखिएको छ । 
राजुदुत शाक्यले निरन्तरको प्रयासपछि गलत सूचना सच्याउन सफल भएका बताउनुभयो । मृतसागर भ्रमणका लागि हरेक वर्ष करिब ४० लाख पर्यटक आउने गर्दछन् । 
गत फागुन ३ गते नियुक्त शाक्यले राजदूतको कार्यभार सम्हालेपछि गलत सुूचना सच्याउन पहल सुरु गर्नुभएको थियो ।