काठमाडौं २७ पुस – सरकारले जग्गा कित्ताकाट फुकुवा गरेको छ । २०७४ साउन २६ मा जग्गा  खण्डिकरण रोक्न गरेको निर्णय खारेज  गरेको हो । 

सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने गरी जग्गा कित्ताकाट फुकुवा गरिएको हो । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  नागरिकका व्यवहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको बताउनुभयो । 

‘अंशवन्डा लगायतका व्यवहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभागलगायतलाई निर्देशन दिएका छौं,’ मन्त्री अर्यालले भन्नुभयो ‘तर खेतीयोग्य जमिन घडेरी बनाउन कित्ताकाट गर्न भने पाइँदैन।’

कुनै जग्गा खेतीयोग्य हो कि होइन भन्ने सिफारिश गर्ने अधिकार स्थानीय तहलाई दिइएको मन्त्री अर्यालले बताउनुभयो । 

 रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको बताउनुभयो मन्त्री अर्यालले बताउनुभयो ।